एक बालिकाको जिपबाट खसेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २८, २०७३
|
|
८६२ पटक हेरिएको
Shares

सारांश

  • फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको आज बिहान जिपबाट खसेर मृत्यु भएको छ ।
  • फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन ।
  • गाडीबाट खसेर गम्भीर घाइते भएकी पौडेललाई उपचारको क्रममा पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको आज बिहान जिपबाट खसेर मृत्यु भएको छ ।

फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन ।
गाडीबाट खसेर गम्भीर घाइते भएकी पौडेललाई उपचारको क्रममा पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनी पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ माविमा कक्षा ११ मा अध्ययनरत थिइन् ।

बिहान घरबाट विद्यालय पढ्न आउँदै गर्दा बयरडाँडा भन्ने ठाउँमा अचानक गाडीबाट खस्दा उक्त दुर्घटना भएको हो । उक्त जिप र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?