४६५ कोरोना संक्रमित थपिए, कूल ७० जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २३, २०७७
|
|
२९ पटक हेरिएको
Shares
४६५ कोरोना संक्रमित थपिए, कूल ७० जनाको मृत्यु

सारांश

  • काठमाडौं, २३ साउन ।
  • पछिल्ला दिनमा कोरोना संक्रमणले भयाबह स्थिती लिन थालेको छ ।
  • पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु हुँदा कूल संख्या ७० पुगेको छ ।

काठमाडौं, २३ साउन । पछिल्ला दिनमा कोरोना संक्रमणले भयाबह स्थिती लिन थालेको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु हुँदा कूल संख्या ७० पुगेको छ । हिजो पनि ५ जना मृतक थपिएका थिए ।

आज ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै कूल संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ३६ जनाको परिक्षण गर्दा ४ सय ६४ जनामा संक्रमण पुष्टी भएको हो ।

आज ४ सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये १५ हजार ८ सय १४ जनाको सफल उपचार भएको छ भने ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार हुँदैछ ।अहिले देशभरका क्वारेन्टिनमा १० हजार २ सय ७ जनाको स्वास्थ्य निगरानी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?