कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २५, २०७७
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता छन् ।
  • धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता छन् । धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रजिअ भट्टराईका अनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब सङ्कलन गर्ने काम भइरहेको छ । बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए ।

त्यसैगरी धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय नेपाली काँग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब सङ्कलन गर्ने काम भइरहेको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
धनुषामा यसअघि एक जनाको कोरोना सङ्क्रमित भएर मृत्यु भइसकेको छ । दुई साताअघि शहीद नगरपालिका–८ का ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणले मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन
खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने
खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने
पोखरीमा डुबेर बालकको मृत्यु
पोखरीमा डुबेर बालकको मृत्यु
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
एक मतदान केन्द्रमै  बम विस्फोट
एक मतदान केन्द्रमै बम विस्फोट
पहिरो पन्छाउन दिनभर लाग्ने
पहिरो पन्छाउन दिनभर लाग्ने

तपाईंले छुटाउनुभयो कि?