कोरोना नियन्त्रणका लागी स्वास्थ्यमन्त्री ढकालद्वारा उच्चस्तरीय समिति गठन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ५, २०७७
|
|
२९ पटक हेरिएको
Shares
कोरोना नियन्त्रणका लागी स्वास्थ्यमन्त्री ढकालद्वारा उच्चस्तरीय समिति गठन

सारांश

  • सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् ।
  • मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् ।

मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिले प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आइपर्ने समस्यालाई प्रदेश, जिल्ला र स्थानीयतहसँग समन्वय गर्ने र कोभिड–१९ बाहेकको अन्य नियमिति सेवा प्रवाह गर्न समन्वय गर्नेछ ।

दुईदेखि तीन हप्ता समय दिइएको समितिले स्थलगत अवस्थाको अध्ययन गरी प्रदेशमा रहेका अस्पताल, स्थानीय तह, प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक प्रयोगशाला, प्रदेश आपूर्ति केन्द्र एवम् सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी कोभिड–१९ का बिरामीलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा व्यवस्था गर्नेछ । यस्तै समितिले कन्ट्र्याक्ट ट्रेसिसङलाई प्रभावकारी बनाउन समन्वय गर्ने, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई अनिवार्यरुपमा मापदण्डअनुसार क्यारन्टिन र होल्डिङ सेन्टरमा राख्ने र अनिवार्य रुपमा पिसिआर परीक्षणको व्यवस्थाको समन्वय गर्नेछ ।

यसैगरी समितिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोभिड–१९ को सङ्क्रमणमा भई अस्पताल सञ्चालनमा समस्या परे हब तथा सेटलाइट अस्पतालबाट स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारीको व्यवस्थापनमा समन्वय गर्ने, कोभिड–१९ डेडिकेटेड अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य यथाशीघ्र गर्नका लागि पलह गर्ने, आइसियु र भेन्टिलेटरको व्यवस्थापनमा समन्वय गर्ने, एम्बुलेन्स सेवा व्यवस्थापनका लागि समन्वय गर्नेलगायत काम गर्ने गरी समिति गठन गरिएको हो ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा
मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सेना फिर्ता लैजाने
अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सेना फिर्ता लैजाने
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन्  केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन् केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,
मोटरसाइकल पल्टिँदा एकको मृत्यु
मोटरसाइकल पल्टिँदा एकको मृत्यु
मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी
मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
कर्णाली नदीमा खस्यो यात्रुले खचाखच भरिएको जीप, यात्रुको अवस्था अज्ञात
कर्णाली नदीमा खस्यो यात्रुले खचाखच भरिएको जीप, यात्रुको अवस्था अज्ञात
नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
“सागर भन्दा” बोल गीतको म्युजिक भिडीयो
“सागर भन्दा” बोल गीतको म्युजिक भिडीयो

तपाईंले छुटाउनुभयो कि?