अनलाइन व्यवसाय सञ्चालनमा रोक नलगाउन आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १४, २०७७
|
|
१९ पटक हेरिएको
Shares
अनलाइन व्यवसाय सञ्चालनमा रोक नलगाउन आग्रह

सारांश

  • अनलाइनमार्फत अर्डर लिएर विभिन्न सामानहरु ग्राहकको घरघरमाा डेलिभर गर्दै आएकाहरुलाई प्रहरीले धरपकड गर्दै व्यवसाय सञ्चालनमा रोक लगाएपछि इकमर्स एसोसियसन अफ नेपालले आपत्ति जनाएको छ ।
  • सेवाग्राहीको अर्डर अनुसारको सामान डेलिभरीमा हिडेका करिब ६० जनालाई विहिवार प्रहरीले माथिको आदेश भन्दै पक्राउ गरेको थियो ।
  • त्यस्तै अनलाइन व्यवसायका सञ्चालकलाई प्रहरी कार्यालयमै आई व्यवसाय बन्द गर्न निर्देशन समेत दिएको थियो ।

अनलाइनमार्फत अर्डर लिएर विभिन्न सामानहरु ग्राहकको घरघरमाा डेलिभर गर्दै आएकाहरुलाई प्रहरीले धरपकड गर्दै व्यवसाय सञ्चालनमा रोक लगाएपछि इकमर्स एसोसियसन अफ नेपालले आपत्ति जनाएको छ । सेवाग्राहीको अर्डर अनुसारको सामान डेलिभरीमा हिडेका करिब ६० जनालाई विहिवार प्रहरीले माथिको आदेश भन्दै पक्राउ गरेको थियो । त्यस्तै अनलाइन व्यवसायका सञ्चालकलाई प्रहरी कार्यालयमै आई व्यवसाय बन्द गर्न निर्देशन समेत दिएको थियो ।

कोरोनाको महामारीको समयमा सेवाग्राहीको आवश्यकता अनुसारका सामान सुरक्षित तरिकाले घरसम्मै पुर्याइदिने यस्तो व्यवसायमाथि राज्यपक्षबाट भएको असहिष्णु व्यवहारले आफु अचम्मित बनेको एसोसियसनका महासचिव बदन कुमार भण्डारीले बताए ।

विश्वव्यापी ट्रेण्डको रुपमा मौलाएको अनलाइन व्यवसाय एक्कासी रोक्ने निर्णय गरेर यस्तो महामारीको समयमा यसमा आवद्ध हजारौको रोजीरोटी खोस्ने काम भएको पनि महासचिव भण्डारीको भनाई छ । कोरोना संक्रमण दिनप्रति दिन व्यापकरुपमा फैलिरहेको समय आफुहरुले सर्वसाधारणका अत्यन्तै आवश्यकतामा सामाग्री स्वास्थ्यको सम्पुर्ण मापदण्ड पुरा गरी घरमै सुरक्षिततवरले डेलिभरी गरिरहेको भण्डारीले दावी गरे । निषेधाज्ञाको समय सरकारले तोकेको निश्चित समयभित्र पसल वा सुपरमार्केटमा गई भिड बनाएर किनमेल गर्नु भन्दा अनलाइनबाट अर्डर गरेर घरमै आवश्यक सामान मगाउनु धेरै सुरक्षित रहेको उनले बताए ।

त्यसैले अहिलेको विषम परिस्थितिमा अनलाइनमार्फत अर्डर लिई एकदमै सुरक्षित तरिकाले सेवाग्राहीको माग पुरा गर्दै आएका व्यवसायीमाथि गरिएको धरपडक र व्यवसाय गर्न लगाइएको रोक प्रति आपत्ति जनाउँदै एसोसियसनले विज्ञप्ति जारी गर्दै ध्यानाकार्षण गराएको छ । महामारीको समयमा सर्वसाधारणको आवश्यकता पुरा गर्न अनलाइन व्यवसाय एकदमै उपयुक्त भएकोले अवरोध हटाएर सवारी सहजरुपमा सञ्चालन गर्न र व्यवसायमा रोक नलगाउन एसोसियसनले आग्रह गरेको छ ।

अनलाइन व्यवसायीलाई पक्राउ तथा व्यवसाय गर्न रोक लगाएपछि यसको विभिन्न राजनीतिक दलले विरोध गरेका थिए । सामाजिक सञ्जालमा सर्वसाधारणले सरकारले ठूला सुपरमार्केट सञ्चालकहरुको दवावमा परी अनलाइन व्यवसायमा रोक लगाएको भन्दै आक्रोस पोखेका थिए ।

पछिल्लो समय नेपालमा अनलाइन व्यवसाय निकै फस्टाएको छ । व्यवसायीले एप्स, वेभसाइट र फेसबुक पेजमार्फत अर्डर लिएर सर्वसाधारणको आवश्यकता अनुसारका शौन्दर्य सामाग्रीदेखि र तरकारी, फलफूल, पानी, चामल, ग्याँस लगायतका सामान उनीहरुले भनेकै स्थानमा डेलिभरी गर्दै आएका छन् ।

एसोसियसनको विज्ञप्ति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?