खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
४१ पटक हेरिएको
Shares
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति

सारांश

  • काठमाडौं, ३१ भाद्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान अर्थमन्त्री डा.
  • युवराज खतिवडालाई आफ्ना विशेष आर्थिक सल्लाहकार नियुक्त गरे ।

काठमाडौं, ३१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्ना विशेष आर्थिक सल्लाहकार नियुक्त गरे । मन्त्रीकै सेवा सुविधा र स्तरमा रहनेगरी खतिवडालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । योसँगै ओलीले अर्थ मन्त्रालय खतिवडाबाट नै चलाउने रणनीति लिएको अझ प्रष्ट भएको छ ।

नेकपाभित्र अर्थ मन्त्री बन्न धेरैजनाको दोडधुप छ । उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका नेताहरु दौडमा छन् । तर, खतिवडाको सल्लाहकार नियुक्तिले उनीहरु सबै झस्किएका छन् ।

खतिवडालाई निकै विश्वास गरेको र उनैमार्फत् ओलीले आफ्नो आर्थिक एजेन्डा लागु गर्दै आएका थिए । यसलाई निरन्तरता दिने रणनीति अपनाए ।

अब अर्थमन्त्री ओलीले आफैसँग राख्ने वा कसैलाई राज्यमन्त्री नियुक्त गरेर खतिवडामार्फत् चलाउन सक्ने सम्भावना बढेको छ । राज्यमन्त्रीका लागि केही नामहरु चर्चामा नभएका होइनन् । ती ओलीका मात्र नभई खतिवडासँग पनि निकट भएका हुनसक्छन् ।

खतिवडा विशेष आर्थिक सल्लाहकार नियुक्त भएसँगै बामदेवको अर्थमन्त्री बन्ने सम्भावना पनि लगभग टरेको छ । अब उनको ध्यान अन्य मन्त्रालयमा जान थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रयसभा बैठक अवरुद्ध
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रयसभा बैठक अवरुद्ध
जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती
जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब,  जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब, जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???
कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
Latest Update अविरल वर्षाले १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
Latest Update अविरल वर्षाले १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो
अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो
जुम्लामा बाम गठबन्धनलाई पछयाउँदै कांग्रेस
जुम्लामा बाम गठबन्धनलाई पछयाउँदै कांग्रेस
बलात्कारका घटनामा संवेदनहीनता -आश्चर्यजनक रिहा !