न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ५, २०७७
|
|
१८ पटक हेरिएको
Shares
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो

सारांश

  • कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।
  • यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ ।
  • सवारी साधनमा भाडामात्र बढाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढाइएको छ ।

यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुनसकेको छैन । अनुगमनसमेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको यात्रु प्रेमबहादुर थापाले राससलाई बताउनुभयो । “सार्वजनिक यातायातले पालना गर्नुपर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था कार्यान्वयन भएन, पहिलेको भाडामा ५० प्रतिशत थपेर भाडा लिन पाउने नियममा भने बढाएर सके जति लिने गरेका छन्”, उहाँले भन्नुभयो ।

विभागले चार किमीको भाडा रु १४ तोकेको छ । क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्दा ५० प्रतिशत बढाएर न्यूनतम् भाडा रु २१ हुन्छ । तर हाल त्यस्ता यातायातमा परिचालकले न्यूनतम् भाडा रु २५ उठाइरहेका छन् । यातायात व्यवसायी न्यूनतम् भाडा रु २५ बनाउने ध्याउन्नमा छन् । कोरोना महामारीका बेला भौतिक दूरी र सुरक्षाका उपाय भने अपनाएका छैनन् ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले तोकेबमोजिम भए–नभएको अनुगमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको बताउनुहुन्छ । उपत्यकाको मुख्य शहरी क्षेत्रबाट काँठ क्षेत्रमा जाने सवारीमा बढी भीड हुने गरेको छ । काँठ क्षेत्रका यातायातमा अहिले पनि यात्रु झुण्डिएर यात्रा गर्न बाध्य छन् तर भाडा भने बढी नै तिरिरहेका छन् ।

काँठ क्षेत्रका नगरपालिकाले पनि यसको अनुगमन गरेका छैनन् । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा अनुगमन समितिको व्यवस्था भए पनि त्यससम्बन्धी कानून नभएकाले जनदबाबमा कहिलेकाहीँ अनुगमन गरे पनि के कति कारबाही वा जरिवाना गर्ने भन्ने निश्चित छैन । नागरिक कोरोनाको जोखिम मोलेर बढी भाडा तिरी यात्रा गर्न बाध्य हुँदासमेत जनताको घर आँगनमा पुगेको भनिएको स्थानीय सरकार चुँक्कसम्म नबोलेको शङ्खरापुरका स्थानीयवासी रामप्रसाद दङ्गालले गुनासो गर्नुभयो ।

यही भदौ ३ गते अघि तोकिएभन्दा बढी यात्रु राखेर मनपरी भाडा लिने सवारी नंं महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ मा टिपाउँदा केही पनि कारबाही नभएपछि यातायातका चालक, परिचालकमा जे गरे पनि हुन्छ भन्ने भावना बढेको उहाँको गुनासो छ । बस नम्बर नै तोकेर यी सार्वजनिक सवारीले नियम उल्लङ्घन गरे भनी पटकपटक फोनबाट टिपाउँदासमेत कारबाही नभएको उहाँको दुःखेसो छ ।

महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव गत भदौसम्म मापदण्ड उल्लङ्घन गर्ने सवारीलाई दिनभर कारबाहीस्वरुप राख्ने गरेकामा यही असोज १ गतेपछि भने रु ५०० देखि १० हजारसम्म जरिवाना गर्न थालिएको बताउनुहुन्छ । यसरी दैनिक सार्वजनिक र निजी गरी ७०० सम्म सवारी कारबाहीमा पर्ने गरेका छन् ।

“ट्राफिक प्रहरीलाई रु एक हजार ५०० सम्मको चिट काट्ने अधिकार छ, यातायात व्यवस्था ऐन र नियमावलीअनुसार रु १० हजारसम्म चिट काट्नुपर्ने गरी गल्ती गर्नेलाई विभागको जिम्मा लगाउन थालेका छौँ”, उहाँले भन्नुभयो ।

नियमविपरीत चलेका धेरै सवारी आजै पनि समातिएका खबर विभिन्न स्थानका जाँच केन्द्रबाट आइरहेको महाशाखाले जनाएको छ । पछिल्लो समय जाँच केन्द्रसमेत बढाइएको महाशाखाको दाबी छ । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर स्थानान्तरण
बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर स्थानान्तरण
राष्ट्रकवि घिमिरेदेखि मह जोडी, रबि, सन्दीप लामिछानेसम्मको मुख बंगाइदिएपछि…
राष्ट्रकवि घिमिरेदेखि मह जोडी, रबि, सन्दीप लामिछानेसम्मको मुख बंगाइदिएपछि…
माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै
माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै
माओवादी पार्टी कार्यालय नियन्त्रणमा लिए स्वतन्त्र सांसद छक्कबहादुरले
माओवादी पार्टी कार्यालय नियन्त्रणमा लिए स्वतन्त्र सांसद छक्कबहादुरले
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
पुष्पलालको सपना साकार पार्ने बाटामा सरकार प्रधानमन्त्री ओली
पुष्पलालको सपना साकार पार्ने बाटामा सरकार प्रधानमन्त्री ओली
काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा
काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा
माघ २२ गते संसद् अधिवेशन आह्वान
माघ २२ गते संसद् अधिवेशन आह्वान

तपाईंले छुटाउनुभयो कि?