एकैदिन काठमाडौंमा १४१६ जनामा कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २५ असोज ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर २ हजार ७१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय १६ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, २५ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २ हजार ७१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय १६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसीआर परिक्षणमा २ हजार ७१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १५५२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ७५ हजार ८ सय ४ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ११४५ जना र ललितपुरका १६१ जना र भक्तपुरका ११० जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?