प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ३२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?

सारांश

  • रेखा थापा राजनीतिमा आएर प्रचण्डलाई बीच सडकमा नचाइन् ।
  • रेखाले प्रचण्डलाई नचाउन सक्नु सामान्य घटना थिएन ।
  • यसलाई कतिपयले रेखा अब राजनीतिमा छाउछिन् भन्न थाले ।

रेखा थापा राजनीतिमा आएर प्रचण्डलाई बीच सडकमा नचाइन् । रेखाले प्रचण्डलाई नचाउन सक्नु सामान्य घटना थिएन । यसलाई कतिपयले रेखा अब राजनीतिमा छाउछिन् भन्न थाले । सिनेमा क्षेत्रमा राजनीतिकी चतुर खेलाडी रेखाले राजनीतिमा समेत बाजी मार्ने झलक देखाइसकेकी थिइन् । उनी तत्कालिन माओवादी पार्टी्भित्र बलियो बन्ने सम्भावना थियो । तर, रेखाले धैर्यता गुमाइन् । माओवादी कमजोर भए लगत्तै पार्टी परित्याग गरिन् । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । उक्त दलको चुनाव पनि जितिन् । कम्युनिष्ट पार्टीबाट राजावादी दलमा प्रवेश ! वैचारिक राजनीतिमा विरलै हुने घटना थियो । तर, सिनेमाकी नायिकाका लागि यो हदसम्मको परिवर्तनलाई लचकता भनेर टारिन्छ । रेखाले टारिदिइन् ।

अहिले रेखा राजनीतिमा सक्रिय छैनन् । कुनैबेला प्रचण्डसँग नजिकिएकी उनी कमल थापासँग उत्तिकै नजिक भइसकेकी थिइन् । तर, दुवैसँगको निकटता लामो टिक्न सकेन । कोमल वलीले लामो समय यताको राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध एकाएक तोडिन् । कमल थापासँग नजिक वलीले उक्त दलको चुनावमा समेत भाग लिएर सर्वाधिक मत ल्याएकी थिइन् । तर, राप्रपा छाडेर नेकपा एमाले प्रवेश गरिन् ।

वली भएकीले केपी शर्मा ओलीसँग उनको निकटता छ । ओलीकै पहलमा राष्ट्रिय सभा सांसद छिन् । विगतमा राजा वीरेन्द्र देखि ज्ञानेन्द्र समेत उनको आवाजको प्रशंशक थिए । आवाजकी धनी भएकैले सत्तासँग निकटता बनाउन सकिन् । तर, कोमल वली राजनीतिमा अस्थिर छिन् । उनले कुनै समयमा नेकपा छाडेमा आश्चर्य नमाने हुन्छ ।

करिश्मा मानन्धर राजनीतिमा जोसका साथ आइन् । डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा संस्थापक सदस्य बनिन् । करिश्माले बाबुरामसँगको निकटता तोडिइसकेकी छिन् । उनले यसो किन गरिन् ? अझै खुलस्त हुन सकेको छैन । उनी बाबुराम नेतृत्वको पार्टीमा रमाउन सकिनन् ।

यद्यपी विदेशतिर हेर्ने हो भने त्यहाँ कलाकार राजनीतिमा स्थापित मात्रै बनेका छैनन् कार्यकारी प्रमुखसम्म बन्न पुगेका छन् । कतिपय मुलुकमा कलाकार राजनीतिमा निकै प्रभावशाली छन् । छिमेकी मुलुक भारतमा हेमा मालिनी सदावहार नायिका मात्र होइनन् नेता समेत बन्न सफल भइन् । उनले भारतीय जनता पार्टीबाट चुनाव लडेर मथुराबाट जित हासिल गरिन् ।

तामिल चलचित्रकी चर्चित नायिका जयललिता राजनीतिमा आएर सनसनी मच्चाइन् । तामिलनाडुको मुख्यमन्त्री हुँदै उनको निधन भएको थियो । स्मृति इरानीले मोदीको मन जित्न सकेकीले दुई पटक मन्त्री पाइन् । उनले यसपटकको चुनावमा राहुल गान्धीलाई पराजित गरिन् ।

चिनियाँ राष्ट्रपति सि जिङपिङकी पत्नी पेङ लिउयान लोकप्रीय लोकगायिका हुन् । जिङपिङले पेङको क्षमता र सुन्दरताबाट आकर्षित भएर निकट हुँदै विवाह सम्म पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?