२४ घन्टामा कोरोना संक्रमणबाट १९ जनाले ज्यान गुमाए

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
२४ घन्टामा कोरोना संक्रमणबाट १९ जनाले ज्यान गुमाए

सारांश

  • पछिल्लो २४ घन्टामा १९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा निधन हुनेको सख्या ७ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • आज देशभर नयाँ संक्रमितको ३७ सय ९० थपिएका छन् ।

पछिल्लो २४ घन्टामा १९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट नेपालमा निधन हुनेको सख्या ७ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर नयाँ संक्रमितको ३७ सय ९० थपिएका छन् । मन्त्रालयको अनुसार देशभर संक्रिय संक्रमितको ४० हजार ७ सय ७८ रहेका छन् । त्यसैगरी आज २४ घन्टामा २३ सय ३५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ४७ सय ४७ रहेको मन्त्रालयले जनाएको छ ।

आजसम्म निको भई घर फर्कनेको सख्या ९४ हजार ५ सय १ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका २००८ जना र ललितपुरका २८१ जना र भक्तपुरका ९९ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ३८ हजार ३६ पुगेको छ ।

(www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?