वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
२५ पटक हेरिएको
Shares
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव

सारांश

  • कैलाली, कार्तिक ४ ।
  • गत शनिबार प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकसगै हत्या गरिएको प्रहरी जवान रामबहादुर साउदसमेत मृत भेटिएका छन् ।
  • अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत असई गोविन्द बिक र प्रहरी जवान साउद गस्तीमा खटिएका बेला बेपत्ता भएका थिए ।

कैलाली, कार्तिक ४ । गत शनिबार प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकसगै हत्या गरिएको प्रहरी जवान रामबहादुर साउदसमेत मृत भेटिएका छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत असई गोविन्द बिक र प्रहरी जवान साउद गस्तीमा खटिएका बेला बेपत्ता भएका थिए । घटनाको दोस्रो दिन असईको विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको थियो भने जवान साउद वेपत्ता रहेका थिए । वेपत्ता साउद्को आज ६० घण्टापछि हत्या भएको पुुष्टि भएको छ ।

जवान साउदको शव मोहना नदीमा हत्या गरेर फालेको अवस्थामा भेटिएको कैलाली प्रहरीले जनाएको छ । साउदको शव पनि प्रहरी निरिक्षक भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीको भनाई छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा तैरिरहेको अवस्थामा भेटिएको पुष्टि गरेका छन् । अहिले घटना स्थल मुचुल्का बनाउने काम भइरहेको छ ।

प्रहरीले असई बिकसहित जवान साउदको हत्या गर्ने समुहलाई नियन्त्रणमा लिएको छ । प्रहरी अनुसन्धानबाट आरोपीहरुले पहिले जवानको र त्यसपछि असईको हत्यागरेर नदीमा फालेको खुलेको छ । हत्यामा संलग्न गिरोह केही व्यक्ति अझै फरार रहेकाले खोजीकार्य तिव्र बनाईएको प्रहरीले जनाएको छ ।

(experience.afrotech.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
आगलागी हुँदा छ घर जलेर नष्ट
आगलागी हुँदा छ घर जलेर नष्ट
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने
मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन
मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन
राष्ट्रपतिलाई एक सिपाहीको खुलापत्र : कुन ‘तन्त्र’ आएपछि अन्त हुन्छ विभेद! ब्यारेकभित्र यस्तो हुन्छ
राष्ट्रपतिलाई एक सिपाहीको खुलापत्र : कुन ‘तन्त्र’ आएपछि अन्त हुन्छ विभेद! ब्यारेकभित्र यस्तो हुन्छ
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
डेढ लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन
डेढ लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन

तपाईंले छुटाउनुभयो कि?