आगलागी हुँदा छ घर जलेर नष्ट

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
आगलागी हुँदा छ घर जलेर नष्ट

सारांश

  • हिलिहाङ, ३ चैत,पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् ।
  • बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ ।
  • मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन् ।

हिलिहाङ, ३ चैत,पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् ।

बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन् ।

आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा जलेको छ । उनीहरूको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण के कति क्षति भयो भन्ने तत्काल यकिन हुन नसकेको गाउँपालिका–३ का वडा सदस्य धनबहादुर पालुङवाले बताउनुभएको छ ।

जङ्गलको आगो नियन्त्रणका लागि स्थानीयवासी, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास गरी रहेपनि नियन्त्रणमा आउन सकेको छैन । अहिले आगो पूर्वी क्षेत्र वनपाला जङ्गलतर्फ मोडिएको पालुङवाले बताउनुभयो ।

(fastfoodmenuprices.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा गिरफ्तार ! सत्य के हो ?
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा गिरफ्तार ! सत्य के हो ?
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु
सबै जिल्लामा शिक्षा कार्यालय पुनःस्थापना
हिमपात र वर्षाको सम्भावना, देशभर चीसो बढ्यो
हिमपात र वर्षाको सम्भावना, देशभर चीसो बढ्यो
प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन
प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन
विदेशी शक्तिले चुनावमा लगानी गरेर राजनीतिमा विकृति ल्याउन खोजेको आरोप
विदेशी शक्तिले चुनावमा लगानी गरेर राजनीतिमा विकृति ल्याउन खोजेको आरोप
इटहरी अागलागी: अागाे लाग्याे भनेर चिच्याउँदा पागल भनेर लखेटे प्रहरीले
इटहरी अागलागी: अागाे लाग्याे भनेर चिच्याउँदा पागल भनेर लखेटे प्रहरीले
बैशाख २४ गतेको राशीफल यस्तो छ, आज यी राशी भएकाले बोलीमा लगाम लगाउनु पर्छ
मनाेरञ्न समाचार : ‘द कपिल शर्मा शो ’ बाट चन्दु चायवाला निकालिए
मनाेरञ्न समाचार : ‘द कपिल शर्मा शो ’ बाट चन्दु चायवाला निकालिए

तपाईंले छुटाउनुभयो कि?