ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन

सारांश

  • काठमाडौं, १० फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्नका लागि राजनीतिक प्रतिवेदन र बिधान मस्यौदा लेख्न बनाइएको दुई संयुक्त कार्यदलाई १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिएका हुन् ।

काठमाडौं, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्नका लागि राजनीतिक प्रतिवेदन र बिधान मस्यौदा लेख्न बनाइएको दुई संयुक्त कार्यदलाई १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिएका हुन् ।

दुई अध्यक्षको निर्देशनमा दुबै कार्यदलले फागुन २५ गतेभित्र प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने निर्णय भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको थियो ।

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् । माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने बताइएको छ ।

पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । मंगलबार एमाले र माओवादीबीच एकताबारे ७ बुँदे आधारपत्रमा समझदारी भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?