मलेसियाले दियो नेपाललाई ९० रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
२० पटक हेरिएको
Shares
मलेसियाले दियो नेपाललाई ९० रनको लक्ष्य

सारांश

  • काठमाडौ : आईसीसी एसिया यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले जारी खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ।
  • सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.
  • १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो।

काठमाडौ : आईसीसी एसिया यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले जारी खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ।

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो। प्रारम्भिक ब्याट्सम्यान सफिउल्ला मलिकलाई शून्यमा गुमाएको मलेसियाका लागि साएद अजिज मुबारक र कप्तान विरानदीप सिंहले ५८ रनको साझेदारी गरे।

अजिजले सर्वाधिक ४६ रन बनाए। विरनादीपले १० रन जोडे। मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्के।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए। साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?