सबैतिर ढकमक्क फुले सयपत्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १७, २०७७
|
|
३० पटक हेरिएको
Shares
सबैतिर ढकमक्क फुले सयपत्री

सारांश

  • यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् ।
  • विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन् ।
  • जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाट सहित राजाबास बोक्से, श्रीपुर,बगाहा,जोगिदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार,कटारी नगरपालिकाको कटारी बजार,त्रिबेणी हरैया सहितका क्षेत्रहरुमा पर्याप्त मात्रमा सयपत्री फूल फुलेका बताइएको छ ।

यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन् ।

जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाट सहित राजाबास बोक्से, श्रीपुर,बगाहा,जोगिदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार,कटारी नगरपालिकाको कटारी बजार,त्रिबेणी हरैया सहितका क्षेत्रहरुमा पर्याप्त मात्रमा सयपत्री फूल फुलेका बताइएको छ ।

त्रियुगा ९ गैरुनका शारदा दनुवारले यस पटक पर्याप्त मात्रमा बर्षा भएको कारण सयपत्री फूल फुलेको र तिहारमा फूलको कमी नहुने बताउनुभयो । चौदण्डी बसाहका आरती खड्का पनि यस सयपत्री फूलहरु प्रशस्त मात्रमा फुलेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,“यस पटक वर्षा राम्रो भएको कारण सयपत्री फूलका फुलेका र विगतका बर्षमा जस्तो फूलको कुनै समस्या हुँदैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?