हराउँछन तर किन भेटिदैनन् महिला र बालबालिका ?
सारांश
- लमजुङ, १८ वैशाख ।
- लमजुङमा वर्षेनि महिला र बालबालिका हराउने क्रम बढ्दो छ ।
- हराएकामध्ये अधिकांश बालबालिका र युवतीहरुको अवस्था के छ भन्ने बारे भने सरकारी निकाय बेखबर नै छन् ।
लमजुङ, १८ वैशाख । लमजुङमा वर्षेनि महिला र बालबालिका हराउने क्रम बढ्दो छ । हराएकामध्ये अधिकांश बालबालिका र युवतीहरुको अवस्था के छ भन्ने बारे भने सरकारी निकाय बेखबर नै छन् । हराएका महिला र बालबालिका कम मात्रमा भेटिने गरेका छन् ।
लमजुङमा चालु आर्थिक बर्षको ९ महिनामा ६३ महिला तथा बालबालिका हराएका छन् । जसमध्ये ३८ महिला र २५ जना बालबालिका हराएको उजुरी प्रहरी कार्यालयमा परेको छ । हराएका मध्ये ६ महिला, ४ बालिका र २ बालक मात्र फेला परेपनि अरु कहाँ छन् भन्ने प्रहरीको तथ्याङ्का छैन् । लमजुङमा गत वर्ष ९५ जना महिला र बालबालिका हराएका थिए भने जसमा ६५ महिला र ३० जना बालबालिका हराएका थिए । यीमध्ये १६ महिला, १२ जना बालबालिका फेला परेपनि अरु नभेटिएको प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२ र ७३ मा ४६ जना मानिस हराएका थिए । जसमध्ये महिला २८, बालक १० जना र बालिका ८ जना हराएका थिए । हराएकामध्ये महिला ८, बालक ३ र बालिका ६ जना गरी १७ जना मात्रै सम्पर्कमा आए । अहिलेसम्म २९ जना सम्पर्कबाहिर छन् । उमेर पुगेका र विवाह भएका केही युवतीहरु अन्यन्त्रै विवाह गरेर गएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी कार्यालयमा हराएको निवेदन आएपनि फेला परेको जानकारी नआउने भएकाले हराएकाहरुको तथ्याँक बढि रहेको प्रहरी कार्यालयकी महिला तथा बालबालिका केन्द्रकी प्रमुख नन्दु अधिकारी बताउँछिन् ।
महिला तथा वालवालिकाहरु अन्यायमा परेमा वा बेचिएकाको उजुरी परेमा विशेष चासोको रुपमा लिने भएपनि हराएकाहरुको खोजी कार्य प्रहरीले गर्नुपर्ने महिला विकास कार्यालयका महिला विकास अधिकृत विष्णुमायाँ पौडेलको भनाई छ । परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर, हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका केन्द्रकी प्रमुख अधिकारी बताउछिन् ।
हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची लामो भएको हुन सक्ने अधिकारीको भनाइ छ । ‘कतिपय महिला र किशोरकिशोरीले भागी विवाह गर्ने, परिवारलाई खबर नगर्नाले पनि हराउनेको संख्या बढी देखिएको हुन सक्छ ।,’ अधिकारीले भनिन् । बैदेशिक रोजगारी, पारिवारिक कलह र सामाजिक सञ्जालको दुरुपयोगबाट पनि महिला तथा बालवालिका बेखवर बन्ने गरेको प्रहरीको अध्ययनले देखाएको छ ।
Justin Biral
? ℓσνє⚡ тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?