गुल्मीमा जीप दुर्घटना हुँदा चालक र सहयोगी बाहेक ६ जनाको मृत्यु (सुचीसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
२६ पटक हेरिएको
Shares
गुल्मीमा जीप दुर्घटना हुँदा चालक र सहयोगी बाहेक ६ जनाको मृत्यु (सुचीसहित)

सारांश

  • काठमाडौं, १२ मंसिर ।
  • गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
  • इस्मा गाउँपालिकामा विहान भएको घटनामा पाँचजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौं, १२ मंसिर । गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिकामा विहान भएको घटनामा पाँचजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

इस्मा गाउँपालिकाको हुलबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप सडकबाट खसेको थियो । जिपमा चालक र सहयोगीसहित नौ जना थिए । घुम्तीमा मोड्दा जीप खसेको थियो । घटनामा चालक बुद्ध बस्नेत र सहयोगी कमाल हितान भने सकुशल रहेको बुझिएको छ । उनीहरुमाथि सोधपुछ भइरहेको छ ।

घटनामा मृत्यु हुनेहरु
इस्माका ६५ वर्षीय डम्बर हितान
१९ वर्षीय पर्शुराम थापा
३३ वषीृ शिव दर्लामी
३० वर्षीय वसन्त दर्लामी
३३ वर्षीय धनबहादुर अछामी
मालिका गाउँपालिकाकी ८० वर्षीया सुन्दरी थापा

घाइते २८ वर्षीया सरस्वती दर्लामी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?