नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
सारांश
- नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक धुम्बाराहीमा बस्ने भनिएकोमा बालुवाटारमा बस्ने भएको छ ।
- दिउँसो १ बजे बस्ने बैठक सुरक्षाको कारण जनाउँदै बालुवाटारमा सारिएको हो ।
- बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि छलफल हुनेछ ।
नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक धुम्बाराहीमा बस्ने भनिएकोमा बालुवाटारमा बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठक सुरक्षाको कारण जनाउँदै बालुवाटारमा सारिएको हो ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि छलफल हुनेछ । दुवै नेताको दस्तावेजमा एक अर्कामाथि आरोप प्रत्यारोप छ । आजको बैठकमा त्यसमाथि छलफल हुने भएकाले गर्मागर्मी बहस हुने आँकलन गरिएको छ ।
नेकपाभित्र विवाद उत्कर्षमा पुग्दा ओली र प्रचण्डबीच संवादहीनताको अवस्था बनेको छ । यसले पार्टी दुर्घटनामा पर्नसक्ने खतरा औल्याइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया