हाकिमलाई प्रचण्ड र बिप्लवका कार्यकर्ताद्वारा मोसो
सारांश
- डोटी : मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान खोजेको भन्दै जिल्ला मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कालो मोसो दलिएको छ ।
- माओवादी केन्द्र र बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले संयुक्त रुपमा कालो मोसो दलेका हुन् ।
- माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिबालय सदस्य डबल सिँह र नेकपाको राष्ट्रिय युवा जन स्वयंसेवक जिल्ला सह ईन्चार्ज मोहन कठायतको नेतृत्वमा गएको समूहले जोशीलाई कालो मोसो दलेको हो ।
डोटी : मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान खोजेको भन्दै जिल्ला मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कालो मोसो दलिएको छ ।
माओवादी केन्द्र र बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले संयुक्त रुपमा कालो मोसो दलेका हुन् । माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिबालय सदस्य डबल सिँह र नेकपाको राष्ट्रिय युवा जन स्वयंसेवक जिल्ला सह ईन्चार्ज मोहन कठायतको नेतृत्वमा गएको समूहले जोशीलाई कालो मोसो दलेको हो ।

कार्यालयको गेटमा ताला लगाएर परिसरमा धर्नामा बसेका मुक्त हलियाहरुसंग कुरा गरिरहेको बेलामा एक्कासी आएर ‘कुरा गर्नुछ’ भन्दै कालो मोसो दलेका थिए ।अन्नपूर्ण पोस्ट बाट साभार ।
(Klonopin)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया