ओलीको चीन भ्रमण, फाइदा लिन खोज्दै प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
ओलीको चीन भ्रमण, फाइदा लिन खोज्दै प्रचण्ड

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमाणका क्रममा गर्नुपर्ने कामका बारेमा सुझाव दिएका छन्।
  • आज (सोमबार) प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुलाई सिंहदरबारमा बोलाएर चीन भ्रमणका सन्दर्भमा सुझावहरु मागेका थिए ।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमाणका क्रममा गर्नुपर्ने कामका बारेमा सुझाव दिएका छन्।

आज (सोमबार) प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुलाई सिंहदरबारमा बोलाएर चीन भ्रमणका सन्दर्भमा सुझावहरु मागेका थिए । सो क्रममा प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला चीनसँग भएका सहमति कार्यान्वयनको पक्षमा काम गर्न ओलीलाई सुझाव दिएका छन् ।

सो क्रममा प्रचण्डले विगतमा भएका सहमति र समझदारी कार्यान्वयनको बाटोमा लैजान सकेमात्रै चीन भ्रमण सफल मान्न सकिने बताएको सचिवालयले जानकारी गराएको छ ।

आफ्नो कार्यकालमा नेपाल र चीनबीच विश्वासको वातावरण बनेको र विभिन्न समझदारी भएको प्रचण्डले प्रधानमन्त्री ओलीलाई स्मरण गराएका थिए ।

त्यस्तै, पूर्व प्रधानमन्त्री प्रचण्डले सो बैठकमा ‘चाइना कार्ड’ भनेर विदेशी मिडियामा दिएको अभिव्यक्तिबारे पनि प्रष्ट्याएका थिए । प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण नै चीनबाट सुरुवात गरेको समेत स्मरण गराएका थिए ।

नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा अंकुश लगाएपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुपूर्व निरिह देखिएका छन् ।

प्रधानमन्त्री ओलीलाई बीआरआईको सम्बन्धमा प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) ले भने अप्रत्यक्ष रुपमा समर्थन गरेको छ । पूर्व प्रधानमन्त्री प्रचण्डले पनि भ्रमण सफल मानिने भन्दै आफ्नो कार्यकालमा भएका समझदारी कार्यान्वयन गराउन ओलीलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?