जिल्ला संघ अध्यक्षले कृषि सहकारी संघका अध्यक्षलाइ हातपात गरेपछि…
सारांश
- काठमाडौँ, २६ बैशाख ।
- राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल कुटपिट आरोपमा पक्राउ परेका छन ।
- मंगलबार जिल्ला कृषि सहकारी संघको साधारणसभा र निर्वाचनको सन्दर्भमा जिल्ला संघ अध्यक्ष दुलालले कृषि सहकारी संघका अध्यक्ष बद्री घिमिरेलाई हातपात गरेको उजुरीका आधारमा सातदोबाटो प्रहरीले अनुसन्धान थालेको छ ।
काठमाडौँ, २६ बैशाख । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल कुटपिट आरोपमा पक्राउ परेका छन ।
मंगलबार जिल्ला कृषि सहकारी संघको साधारणसभा र निर्वाचनको सन्दर्भमा जिल्ला संघ अध्यक्ष दुलालले कृषि सहकारी संघका अध्यक्ष बद्री घिमिरेलाई हातपात गरेको उजुरीका आधारमा सातदोबाटो प्रहरीले अनुसन्धान थालेको छ ।
कृषि संघ अध्यक्ष घिमिरेलाई जिल्ला संघ अध्यक्ष दुलालले आफूलाई नबोलाई साधारणसभा गर्ने गरेको, नचलेका संस्थाका प्रतिनिधि ल्याएर साधारणसभा गर्ने तयारी गरेको लगायतका आरोप लगाउँदै हातपात गरेको प्रत्यक्षदर्शी जयराम घिमिरेले बताए ।
बैशाख २९ गतेलाई साधारणसभा तोकिएको कृषि सहकारी संघमा मंगलबार साँझसम्ममा १३१ संस्थाको प्रतिनिधि दर्ता भएको छ ।
अध्यक्ष दुलालको बिरुद्धमा उजुरी परेकाले छलफलका लागि बोलाइएको सातदोबाटो प्रहरी वृत्तका डिएसपी बिनोद सिलवालले जानकारी दिए । जिल्ला सहकारी संघ सहकारीहरुको अभिभावक निकाय भएपनि नेतृत्वबाटै यस्ता क्रियाकलाप हुनु लज्जास्पद भएको भन्दै सहकारीकर्मीहरुले निष्पक्ष छानविनको माग गरेका छ्न
प्रतिक्रिया