सुनचाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २८, २०७७
|
|
१८ पटक हेरिएको
Shares
सुनचाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर

सारांश

  • सुनचाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर रहेको छ ।
  • मंसिर २८ गते,आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • अघिल्लो साताको बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ किनबेच भएको थियो ।

सुनचाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर रहेको छ । मंसिर २८ गते,आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साताको बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । त्यसयता सुन सोही मूल्य कायम रहेको छ ।

यसैगरी चाँदीको भाउ पनि पछिल्लो तीन कारोबार दिनयता एकै मूल्यमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?