यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ९, २०७७
|
|
३२ पटक हेरिएको
Shares
यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर

सारांश

  • काठमाडौँ ।
  • कोरोना भाइरस (कोभिड १९) को महामारीको केन्द्रबिन्दू बनेको यूरोपमा देशहरुमा अहिले कोरोनाको प्रभाव निरन्तर घट्दै गएको छ ।
  • चीनको वुहान शहर लगत्तै महामारीको केन्द्रबिन्दू बनेका यूरोपमा इटली र स्पेन सहित धेरै देशमा कोरोनाको प्रभाव घटेको हो ।

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को महामारीको केन्द्रबिन्दू बनेको यूरोपमा देशहरुमा अहिले कोरोनाको प्रभाव निरन्तर घट्दै गएको छ ।

चीनको वुहान शहर लगत्तै महामारीको केन्द्रबिन्दू बनेका यूरोपमा इटली र स्पेन सहित धेरै देशमा कोरोनाको प्रभाव घटेको हो ।

पछिल्लो २४ घण्टामा स्पेनमा ३३९, इटली ४५४ फ्रान्स ५४७, जर्मनी २२०, यूके ४४९, बेल्जियम १२५, जनाको ज्यान गएको छ। यो मृत्युदर अघिल्लो दिनको तुलनामा केही कम ।

यस्तै, संयुक्त राज्य अमेरिकामा भने कोरोनाको महामारी झन् बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १९३९ जना संक्रमितको ज्यान गएको छ। र, २८ हजार १ सय २३ नयाँ संक्रमित थपिएका छन् ।

सोमबार अमेरिकामा १५३९ जनाको ज्यान गएको थियो ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसबाट ७ लाख ९२ हजार ७ सय ५९ जना मानिस संक्रमित भएका छन् । जसमध्ये ४२ हजार ५ सय १४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

७२ हजार ३ सय ८९ संक्रमित उपचारपछि घर फर्किएका छन् ।

विश्वभर कोरोनाको महामारीबाट २४ लाख ८० हजार ५ सय ३ जना मानिस संक्रमित भएका छन् । संक्रमित मध्ये ६ लाख ४६ हजार ३ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने १ लाख ७० हजार ३ सय ९७ संक्रमितको ज्यान गएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?