मन्त्रीको दौडमा को अघि को पछि ? कसलाई कुन-कुन मन्त्रालय ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित काठमाडौं  – सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।
  • , यो खबर आजको नयाँ पत्रिकामा छ ।
  • प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति हुन नसकेपछि मंंगलबार मन्त्रिपरिषद् विस्तार रोकिएको हो ।

देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित

काठमाडौं  – सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति हुन नसकेपछि मंंगलबार मन्त्रिपरिषद् विस्तार रोकिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ मन्त्रीहरूको शपथका लागि राष्ट्रपति कार्यालयसँग मंगलबार बेलुका ५ बजेको समय लिएको थियो । तर, कांग्रेसका मन्त्रीको नाम निश्चित हुन नसक्दा शपथग्रहण हुन सकेन ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले पौडेल पक्षले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम नदिएपछि मंगलबार सरकार विस्तार हुन नसकेको जानकारी दिए ।

‘उहाँहरूले चार मन्त्रीको नाम टुंग्याएर पठाउन नसक्दा सरकार विस्तार रोकिएको हो,’ देउवाले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूले नाम पठाएपछि पाउने मन्त्रालयको टुंगो लाग्छ ।’ देउवाले बुधबार १ बजे मन्त्रीहरूको शपथ हुन सक्ने जानकारी दिए ।

प्रधानमन्त्रीसँग चार मन्त्रालय
उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय

कसलाई कति मन्त्रालय ?
कांग्रेसले १३, माओवादीले नौ, लोकतान्त्रिक फोरमले तीन र नेकपा संयुक्तले एक मन्त्रालय पाएपछि पनि प्रधानमन्त्रीसँग चारवटा मन्त्रालय रहनेछन् । प्रधानमन्त्री देउवा यी चारवटा मन्त्रालय राप्रपालाई सरकारमा सहभागी गराएर दिने पक्षमा छन् । तर, आफूलाई चारवटा मन्त्रालय दिएर फेरि देउवाले आफ्नै गुटका मन्त्री थप्ने हुन् कि भन्ने शंका पौडेल पक्षमा देखिएको छ । यस्तो अवस्थामा थप एक मन्त्रालयमा पौडेल पक्षको दाबी रहने छ ।

मन्त्रीको नाममा पौडेल पक्षमै समस्या
कांग्रेसले पाउने थप १० मन्त्रालयमा देउवा पक्षका चार, पौडेल पक्षका चार, खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला पक्षलाई एक–एक मन्त्रालय दिएर भागबन्डा गरिएको छ । यसअघि देउवा पक्षका तीन नेता मन्त्री भइसकेका छन् । पौडेल पक्षले चार मन्त्रालय लिने भए पनि कसलाई पठाउने भन्नेमा पनि विवाद भयो । बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी र सरिता प्रसाईं वा कमला पन्तमध्ये एकलाई मन्त्री बनाउने तयारी पौडेल पक्षले गर्दै आएको थियो । तर, मन्त्रीका लागि बद्री पाण्डे, सञ्जय गौतम, यज्ञबहादुर थापाको पनि दाबेदारी उत्तिकै थियो । मंगलबार दिउँसो बलबहादुर केसीको नाम काटियो । अन्तिममा सरिता प्रसाईं पनि परिनन् ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा बसेको पौडेल पक्षको बैठकले कास्कीका यज्ञबहादुर थापा, काठमाडौंका राजेन्द्रकुमार केसी (राजन), बर्दियाका सञ्जय गौतम र धनुषाका रामकृष्ण यादवलाई मन्त्री बनाउने निर्णय गरेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । चारैजना गत संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । चारमध्ये यादव मात्र केन्द्रीय सदस्य हुन् । आफ्नोतर्फका मन्त्री बन्नेको नाम टुंगिएपछि पौडेल प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगेका थिए । महामन्त्री शशांक कोइराला समानुपातिक सांसदलाई पनि मन्त्री बनाउन पक्षमा थिए । तर, पौडेलले प्रत्यक्षमा जितेकालाई मात्र बनाउनुपर्ने अडान राखेपछि कोइराला पछाडि हटे । ‘महामन्त्री समानुपातिक सांसदलाई पनि मन्त्री बनाउने पक्षमा हुनुहुन्थ्यो, तर वरिष्ठ नेता पौडेलले प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाऔँ भनेपछि असन्तुष्ट भए पनि उहाँले मान्नुभयो,’ महामन्त्री डा. शशांकनिकट स्रोतले भन्यो ।

राष्ट्रपति कार्यालयमा मंगलबार समय लिएर पनि स्थगित, अर्को समय लिइएको छैन
शपथग्रहणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपतिसँग मंगलबार अपराह्न पाँच बजेको समय लिएको थियो । तर, शपथग्रहण कार्यक्रमका लागि प्रधानमन्त्री र नयाँ मन्त्रीहरू जानुको सट्टा कार्यक्रम स्थगित गरिएको जानकारी पठाइयो । ‘मंगलबार बेलुका ५ बजेलाई लिइएको थियो । तर, दिउँसो मन्त्रीको शपथ नहुने जानकारी आयो,’ राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार मामिलाविज्ञ माधव शर्माले मंगलबार साँझ नयाँ पत्रिकासँग भने, ‘अब कहिले गर्ने भनेर समय लिइएको छैन ।’

माओवादीले सबै मन्त्रीको नाम टुंगो लगायो 
माओवादी केन्द्र
प्रदेश नं. १ : शिवकुमार मण्डल– आपूर्ति
प्रदेश नं. २ : गिरिराजमणि पोखरेल– स्वास्थ्य
प्रदेश नं. ३ : श्यामकुमार श्रेष्ठ– सामान्य प्रशासन
प्रदेश नं. ५ :  सन्तकुमार थारू– पशुपक्षी
प्रदेश नं. ६ : महेन्द्रबहादुर शाही– ऊर्जा
प्रदेश नं. ६ : सीता नेपाली– महिला तथा बालबालिका

कांग्रेसबाट को–को बन्दै छन् मन्त्री ?
देउवा पक्षबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी र अम्बिका बस्नेत मन्त्री बन्ने भएका छन् । कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । भौतिक पूर्वाधारमा बलायर र सूचना तथा सञ्चारमा विश्वकर्मा र जोशीको नाम चर्चामा छ । बस्नेतले पाउने मन्त्रालय टुंगिन बाँकी छ । सिटौला पक्षका भीमसेनदास प्रधानलाई सहकारी तथा गरिबी निवारण र खुमबहादुर खड्का पक्षका मोहन बस्नेतलाई युवा तथा खेलकुदमन्त्री बनाउने तयारी देउवाको छ ।

पौडेल पक्षका राजन केसी खानेपानी तथा सरसफाइ र रामकृष्ण यादव सिँचाइमन्त्री बन्दै छन् । सञ्जय गौतम र यज्ञबहादुर थापालाई दिइने मन्त्रालय बुधबार बिहान टुंगो लाग्नेछ । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बुधबार बिहान मात्र मन्त्रालय टुंगो लाग्ने जानकारी दिए । ‘पार्टीले लिने मन्त्रालय टुंगो लागिसके पनि को–को मन्त्री बन्ने भन्ने सबै टुंगिएको छैन,’ परियारले भने, ‘बुधबार बिहान टुंग्याएर दिउँसो १ बजे शपथ गर्ने तयारी छ ।

 जितेन्द्र देव र गोपाल दहित फेरि मन्त्री बन्ने
लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बन्दै छन् । देव पर्यटन र दहित भूमिसुधारमन्त्री बन्दै छन् । लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री छन् ।

नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालयमा मिथिला चौधरीलाई पठाउने भएको छ । वन, उद्योग, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय तत्काल प्रधानमन्त्रीसँगै रहनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर दुईको सरकारकाे अायु उपेन्द्र यादवको हातमा: अनिल झा
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
३३ केजी सुन बेपत्ता प्रकरण:  बालकृष्ण सञ्‍जेल भन्छन् ५ करोडसम्म खर्च गर्छु भनेपछि..
३३ केजी सुन बेपत्ता प्रकरण: बालकृष्ण सञ्‍जेल भन्छन् ५ करोडसम्म खर्च गर्छु भनेपछि..
यी पाकिस्तानी अभिनेता जो नेपालमा पण्डित बने
यी पाकिस्तानी अभिनेता जो नेपालमा पण्डित बने
सहकारी स्थानीय तहलाई हस्तान्तरण
सहकारी स्थानीय तहलाई हस्तान्तरण
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
‘छमछमी’ मा पुष्प र एलिसाको जोडी (भिडियोसहित)
‘छमछमी’ मा पुष्प र एलिसाको जोडी (भिडियोसहित)
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
देशभर शाखा विस्तार गर्ने योजनासहित सुरु भयो नेचर सुपर मार्केट
देशभर शाखा विस्तार गर्ने योजनासहित सुरु भयो नेचर सुपर मार्केट

तपाईंले छुटाउनुभयो कि?