ओलीले केन्द्रीय कमिटीमा ५५६ थपे, पार्टीको नाम र चुनाव चिन्ह कब्जाको रणनीति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ७, २०७७
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य संख्या थपेका छन् ।
  • हाल रहेको ४ सय ४६ केन्द्रीय कमिटीमा उनले ५ सय ५६ जना थपेका हुन् ।
  • आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ती केन्द्रीय सदस्यहरुले सपथ पनि लिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य संख्या थपेका छन् । हाल रहेको ४ सय ४६ केन्द्रीय कमिटीमा उनले ५ सय ५६ जना थपेका हुन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ती केन्द्रीय सदस्यहरुले सपथ पनि लिएका छन् ।

हालको केन्द्रीय कमिटीमा ओली पक्ष अल्पमतमा छ । प्रचण्ड र माधव नेपाल पक्षधरको केन्द्रीय कमिटीमा दुई तिहाईको संख्या छ । नेकपा विभाजन हुने अवस्था बनेपछि ओलीले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह आफैसँग लिन यस्तो रणनीति अपनाएको बुझिएको छ ।

निर्वाचन आयोगमा पार्टी विभाजनमा बहुमत केन्द्रीय कमिटी सदस्य हुने पक्षले नाम र चुनाव चिन्ह प्राप्त गर्ने प्रावधान छ । हाल प्रतिनिधिसभा नरहेकाले केन्द्रीय कमिटीको पकड अनुसार निक्र्यौल हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?