सुरेन्द्र पाण्डेलाई नेकपा प्रचण्ड समूहको महासचिव बनाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ९, २०७७
|
|
३६ पटक हेरिएको
Shares
सुरेन्द्र पाण्डेलाई नेकपा प्रचण्ड समूहको महासचिव बनाइने

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ ।
  • आज बस्ने उक्त समूहको बैठकले पाण्डेलाई महासचिव बनाउन लागेको हो ।
  • प्रचण्ड समूहले विष्णु पौडेललाई महासचिवबाट हटाएको निर्णय गरेर पाण्डेलाई बनाउने प्रस्ताव पारित गर्ने बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ । आज बस्ने उक्त समूहको बैठकले पाण्डेलाई महासचिव बनाउन लागेको हो ।

प्रचण्ड समूहले विष्णु पौडेललाई महासचिवबाट हटाएको निर्णय गरेर पाण्डेलाई बनाउने प्रस्ताव पारित गर्ने बुझिएको छ । पौडेल नेकपाका वर्तमान महासचिव हुन् । उनी ओली समूहमा छन् ।

नेकपा फुटको असर प्रदेशमाः मुख्यमन्त्रीहरुको कुर्सी डगमगायो

महासचिव बनाइन लागेका पाण्डे माधव नेपाल पक्षधर हुन् । तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा उनी इश्वर पोखरेलसँग झीनो मतान्तरले महासचिवमा पराजित भएका थिए । निकै संयम राख्न सक्ने नेताका रुपमा उनको परिचय छ । पाण्डेको चुनावी क्षेत्र चितवन हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?