पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपा विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
३३ पटक हेरिएको
Shares
पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपा विजयी

सारांश

  • महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी हुनुभएको छ ।
  • मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरीले तीन हजार २४९ मत ल्याएर विजयी हुनुभएको हो ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले तीनहजार ४१ मत ल्याउनुभयो ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरीले तीन हजार २४९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले तीनहजार ४१ मत ल्याउनुभयो ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवार रविता कुमारीले दुईहजार ९८४ मत ल्याएर तेस्रो स्थानमा रहनुभयो भने नेपाली काँग्रेसका उम्मेदवार विजय यादवले एकहजार ९३५ मत ल्याएर चौथो स्थान प्राप्त गर्नुभएको छ ।

नेकपाका उम्मेदवार चौधरीले समाजवादी पार्टीका उम्मेदवार यादवभन्दा २०८ बढी मत ल्याएर विजयी हुनुभएको हो । यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँबाट राजपा नेपालले जीत हासिल गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?