प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ७, २०७३
|
|
२०४८ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी

सारांश

  • सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यु हार्दिक अभिवादन।
  • हुन त म जस्ता लाखौ जनताको लेखहरु आउछन हजुरलाई पढ्ने फुर्सद नहोला तर समय मिल्यो भने अवश्य पढ्नु होला ।
  • सर्वप्रथम त हजुर लाई धेरै धेरै बधाई दिन चाहन्छु एउटा प्रकृति सम्पदाले भरिएको देशको सबैभन्दा गरिमामय पद मा तपाई बिजय हुनुभएकोमा।

सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यु हार्दिक अभिवादन।हुन त म जस्ता लाखौ जनताको लेखहरु आउछन हजुरलाई पढ्ने फुर्सद नहोला तर समय मिल्यो भने अवश्य पढ्नु होला ।

सर्वप्रथम त हजुर लाई धेरै धेरै बधाई दिन चाहन्छु एउटा प्रकृति सम्पदाले भरिएको देशको सबैभन्दा गरिमामय पद मा तपाई बिजय हुनुभएकोमा।सायद देशको आवस्थाका बारेमा म भन्दा बढि हजुरलाई नै ज्ञान होला ।देशमा बढेको शैक्षिक बेरोजगारले अहिले लाखौ युवाहरु विदेश जानका लाई तयारी गर्नु कुनै नौलो कुरा हैन र नजाउन पनि किन? तपाईले के काम गर्नु भयो युवा लाई देश मा राख्न? फ्री भीजा र आनेकन प्रलोभन देखाएर किन विदेश धकेल्न खोज्नुहुन्छ ? यो प्रश्नको जबाफ आम युवाहरुलाई दिने सक्नु हुन्छ ? यदि सक्नुहुन्छ भने आउनुस आम नेपाली युवासंग काठमाडौँ को खुलामञ्चमा बहस गरौ? युवाका लागि देश मा केहि गर्न सक्ने नीति नियम बनाउनुस अनि मात्र हुन्छ देश विकास। अनि हुन्छ तपाईको जित सारा नेपाली युवाको जित अनि बन्नेछ नेपाल ।एउटा युवा देशको कुनै पनि ३ ओटा अफिशमा केहि कामका लागि गयो भने उसको देशमा बस्ने जोश जांगर मर्छ। किन गर्नुहुन्छ सरकारी काममा ढिलासुस्ती ? युवा विदेशमा गएर मासिक १ लाख हैन आफ्नो भुमि मा बसेर १५ हजार कमाउन चाहान्नछन् । अहिले देशमा आफु शक्तिमा भएको बेलामा गर्नुस अनि मात्र नेपाली जनताले अर्को चुनाबमा प्रचण्डले जितेकोमा खुसियाली मनाउछन् नत्र खुसियाली मनाउन पनि लाखौ लाख खर्च गर्नु नपर्ला भन्न सकिन्न ।

लेखक :प्रविन काफ्ले (चाबहिल ,काठमाडौँ )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?