प्रवासी नेपालीसँगको भर्चुअल सम्वादमा प्रम ओलीले भने ‘पार्टी फुटेको छैन’

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १८, २०७७
|
|
५२ पटक हेरिएको
Shares
प्रवासी नेपालीसँगको भर्चुअल सम्वादमा प्रम ओलीले भने ‘पार्टी फुटेको छैन’

सारांश

  • प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको र विभाजन हुन नदिने बताएका छन् ।
  • शुक्रबार नेकपा सम्बद्ध विभिन्न मुलुकका प्रवासी नेपाली एकता मञ्च ओली समुहको भर्चुअल संवादमा ओलीले भने–’पार्टी विभाजन भएको छैन ।
  • यो पार्टी विभाजन हुन दिइन्न ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको र विभाजन हुन नदिने बताएका छन् । शुक्रबार नेकपा सम्बद्ध विभिन्न मुलुकका प्रवासी नेपाली एकता मञ्च ओली समुहको भर्चुअल संवादमा ओलीले भने–’पार्टी विभाजन भएको छैन । यो पार्टी विभाजन हुन दिइन्न । केही मान्छे मैले रोकेर राख्न सकिन । केही मान्छे पद नपाएर सडकमा गएका हुन् । उनीहरुको पदको हतारो मैले सम्बोधन गर्न सकिन ।’

ओलीले पार्टी विभाजन नभएको भन्दै प्रथम अध्यक्षको हैसियतले बैठक बोलाएको र केही व्यक्ति बैठकमा नआएको बताए । महासचिव र अध्यक्षले बोलाएको बैठक नै आधिकारिक भएको भन्दै ओलीले अझै पनि प्रचण्ड–माधव नेपालहरु अर्को बैठकमा आउन सक्ने बताए ।
ओलीले भने– ‘अहिले पनि पार्टीमा बैठकमा आउन सक्नुहुन्छ । फेरि बैठक बोलाउँछु, उहाँहरु आउनुस्, बसौं, छलफल गरौं, उहाँहरुको जस्तो प्रथम अध्यक्षलाई सदस्यबाट निकाल्यौं भन्ने जगहँसाइ हामी गर्दैनौं । हामीले कसैलाई हटाएका छैनौं ।’

पार्टीको वैधानिकता विवादका सन्दर्भमा पनि ओलीले पहिलो पटक मुख खोलेका छन् । प्रवासी नेपालीहरुसँग कुरा गर्दै ओलीले पार्टीको वैधानिकता दाबी गर्दै निवेदन बोकेर आफूहरु निर्वाचन आयोग र अदालत नजाने बताएका छन् ।

ओलीले भने कसैले निवेदनको चिर्कटो निर्वाचन आयोगमा पुर्याउँदैमा वैधानिकता प्राप्त हुँदैन । हामी वैधानिक नेकपा हौं । अदालत र आयोगमा उहाँहरु जानुभएको छ । हामी यहाँ छौं भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्था हाम्रो होइन । दुनियाँलाई थाहा छ हामी कहाँ छौं ।
ओलीले प्रचण्ड माधव पक्षले संवैधानिक प्रक्रिया अवरुद्ध गरेपछि संविधान कार्यान्वयन तथा रक्षाका लागि ताजा जनादेशमा जानु परेको र त्यो अधिकार संविधानले दिएको दाबी गरे ।
ओलीले संविधान र प्रणालीको रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका छन् । ‘संविधानको रक्षाका लागि, प्रणालीको रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएके बताए ।

ओलीले विघटन भएको सांसदको हस्ताक्षरको कुरा गरेर प्रचण्ड–माधव पक्षले लोकतन्त्र र प्रणालीको मजाक उडाइरहेको समेत आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम गर्ने क्षमता नभएका मानिस सरकारमा थोपर्ने काम हुँदैन : ओली
कङ्कालनी मन्दिरमा रु १४ लाख आम्दानी
कङ्कालनी मन्दिरमा रु १४ लाख आम्दानी
रौतहटका ३६०० नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
रौतहटका ३६०० नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
दुई इन्जिन भएको विश्वकै ठूलो जेटको पहिलो परीक्षण उडान सफल
दुई इन्जिन भएको विश्वकै ठूलो जेटको पहिलो परीक्षण उडान सफल
झुटा विवरण पेश गरी ​नेपाली नागरिकता लिने भारतीय पक्राउ…
झुटा विवरण पेश गरी ​नेपाली नागरिकता लिने भारतीय पक्राउ…
नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार
नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार
आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ अध्यक्ष दाहाल
पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ अध्यक्ष दाहाल
सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो