विधिको शासनको पक्षमा जनता स् नेता महत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
१३ पटक हेरिएको
Shares
विधिको शासनको पक्षमा जनता स् नेता महत

सारांश

  • नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले जनता विधिको शासनको पक्षमा रहेको बताउनुभएको छ ।
  • नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको उपनिर्वाचनमा विजयी वडा अध्यक्षहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले जसले विधि मान्यो त्यसैलाई जनताले छानेको बताउनुभयो ।
  • उपनिर्वाचनमा काँग्रेसलाई ठाउँठाउँमा निर्वा्चित गराएर जनताले यसअघि गरेका गल्ती सच्याएको भन्दै उहाँले सरकारप्रति जनताको वितृष्णा जागेको दाबी गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले जनता विधिको शासनको पक्षमा रहेको बताउनुभएको छ । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको उपनिर्वाचनमा विजयी वडा अध्यक्षहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले जसले विधि मान्यो त्यसैलाई जनताले छानेको बताउनुभयो ।

उपनिर्वाचनमा काँग्रेसलाई ठाउँठाउँमा निर्वा्चित गराएर जनताले यसअघि गरेका गल्ती सच्याएको भन्दै उहाँले सरकारप्रति जनताको वितृष्णा जागेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले अबको शक्तिका रुपमा काँग्रेसलाई लिएका छन् ।”

सोही अवसरमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली जनताले उपनिर्वाचनमार्फत काँग्रेसलाई प्रष्फुटित गराएको बताउनुभयो । कम्युनिष्टको दुई तिहाइको सरकार भएको बेलामा नेपाली जनताले लोकतन्त्रको रक्षाका खातिर काँग्रेसलाई सबल र सुदृढ गराउने चाहना देखाएको उहाँको भनाइ थियो ।

वर्तमान सरकारले प्रजातान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “सरकारले हरेक पक्षमा मानव अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य पद्धतिलाई कमजोर बनाउने काम गरिरहेको छ, हामी सचेत हुनुपर्छ ।” यही मङ्सिर १४ गते भएको उपनिर्वाचनमा विजयी हुनुभएका भरतपुर महानगरपालिका–१६ का अमृतराज हमाल, खैरहनी नगरपालिका–४ का देवबहादुर बस्नेत र ५ का प्रतिमा कार्की बस्नेत अध्यक्षमा निर्वा्चित हुनुभएको थियो । उहाँहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
मन्त्रिपरिषद्का निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै !
मन्त्रिपरिषद्का निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै !
संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा
संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो महत्त्व
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो महत्त्व
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट
गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित

तपाईंले छुटाउनुभयो कि?