सांगीतिक भविष्य खोज्दै पन्नाकाजीका नाति

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २०, २०७७
|
|
३८ पटक हेरिएको
Shares
सांगीतिक भविष्य खोज्दै पन्नाकाजीका नाति

सारांश

  • वरिष्ठ संगीत साधक तथा गायक पन्नाकाजी शाक्यले नेपाली गीत संगीतमा पुर्याएको योगदानलाई कुनै पनि गीत संगीत अनुरागीले भुल्ने छैनन ।
  • उनी उनकै पुस्ता र उनी पछिका पछिका पुस्ताका मेरुदण्ड थिए र रहिरहने छन् ।
  • “तिरिरि मुरली बज्यो बनैमा “उनले गाएको यो कालजयी गीतमा आज पनि हरेक साधकले साधना गरिरहेका हुन्छन् र हरेक अनुरागीले गुनगुनाई रहेका पनि ।

वरिष्ठ संगीत साधक तथा गायक पन्नाकाजी शाक्यले नेपाली गीत संगीतमा पुर्याएको योगदानलाई कुनै पनि गीत संगीत अनुरागीले भुल्ने छैनन । उनी उनकै पुस्ता र उनी पछिका पछिका पुस्ताका मेरुदण्ड थिए र रहिरहने छन् । “तिरिरि मुरली बज्यो बनैमा “उनले गाएको यो कालजयी गीतमा आज पनि हरेक साधकले साधना गरिरहेका हुन्छन् र हरेक अनुरागीले गुनगुनाई रहेका पनि । उनै गायकका दुई पुत्र प्रवेशमान र पवित्रमान शाक्यले पनि यो छेत्रमा बेग्लै पहिचान बनाउन सफल भए र आज पनि उनि दुबै छोरा संगीत साधनामै तल्लिन छन ।

त्यति मात्रै होइन अब त यो साधना पुस्तान्तरण हुदै नाति पुस्तामा आईपुगेको छ । उनै पन्नाकाजीका जेष्ठ सुपुत्र प्रवेशमान शाक्यका छोरा प्रशानमान शाक्यमा आई पुगेको छ । नयाँ पूस्तासम्म आई पुग्दा आशालाग्दा यी नवोदित गायक प्रशानमान शाक्यको आफ्नै स्वर, सङीतमा हाल्यै गीत बजारमा आएको छ । जुन गीत एक पल्ट सुने पछि फेरि सुनु सुनु पात्रै होइन गुनगुनाउनै मन लाग्छ । तिमी र म बोलको यो गीतले बिस्तारै बजार लिदैछ । यी गायकले सबैलाई आफ्नो गीत एक पल्ट सुनेर सुझाव दिन पनि दर्शक श्रोतालाई आग्रह गरेका छन् ।

(https://eluminoustechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?