ब्याक गियरमा मात्रै गाडी चलाउने एकमात्र चालक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
३९ पटक हेरिएको
Shares
ब्याक गियरमा मात्रै गाडी चलाउने एकमात्र चालक

सारांश

  • हरप्रित देव भारतको पञ्जावस्थित बठिन्डाका वासिन्दा हुन् र उनी राज्य सरकारबाट रिभर्स गियरमा गाडी चलाउन अनुमति पाएका एक मात्र ब्यक्ति पनि हुन् ।
  • फर्मुला वान च्याम्पियन माइकल सुमाकरले पनि आफ्नो छोरा माइक समाकरलाई तालिम दिनका लागि हरप्रितसँग सम्पर्क गरेका थिए ।
  • हरप्रितले रिभर्स गियरमा ६५ हजार किलोमिटर भन्दा बढी दुरीमा गाडी चलाइसकेका छन् ।

हरप्रित देव भारतको पञ्जावस्थित बठिन्डाका वासिन्दा हुन् र उनी राज्य सरकारबाट रिभर्स गियरमा गाडी चलाउन अनुमति पाएका एक मात्र ब्यक्ति पनि हुन् । फर्मुला वान च्याम्पियन माइकल सुमाकरले पनि आफ्नो छोरा माइक समाकरलाई तालिम दिनका लागि हरप्रितसँग सम्पर्क गरेका थिए । हरप्रितले रिभर्स गियरमा ६५ हजार किलोमिटर भन्दा बढी दुरीमा गाडी चलाइसकेका छन् ।

यो अहिले सम्मको रेकर्ड हो । हरप्रितले अहिलेसम्म ४० हजार ब्यक्तिलाई कार चलाउन सिकाएका छन् । सन् २००५ मा भारत र पाकिस्तानका बीच सम्बन्ध सुमधुर बनाउनका लागि बठिन्डादेखि बाघा बोर्डरसम्म उनले यस्तै कार लिएर गएका थिए । रिभर्स गियरमा गाडी चलाउने भएकाले उनको नाम सन् २०१० मा लिम्का बुक अफ वल्डै रेकर्डमा समेत सामेल भएको छ ।

उनी अहिले ब्याक गियर च्याम्पियनको रुपमा लोकप्रिय छन् । सन् २००२ मा भएको एउटा सानो घटनाले उनको जिन्दगीको मोड नै परिवर्तन गरेको थियो । उनी त्यो समयमा आफ्नो घर भन्दा ६० किलोमिटर टाढा रमाइलो गर्न गएका थिए । फर्कदा उनको कार रिभर्स गियरमा फस्यो । उनको साथमा पैसा पनि थिएन ।

बाध्यतावस उनले रिभर्स गियरमै गाडी चलाएर घर फर्के । यही घटनाले उनलाई यही क्षेत्रमा केही नयाँ काम गर्ने सोच पलायो । उनले आगामी दिनमा पनि यस्तै रिभर्स गियरमा गाडी चलाएर रेकर्ड कायम गर्ने योजना बनाए । आफ्नो फियाट कारमा केही मोडिफाई गरेर सन् २००३ देखि उनले रिभर्स गियरमा चलाउन थाले ।

उनी अहिले ८५ किलोमिटर प्रतिघण्टा सम्मको गतिमा यसरी कार चलाउछन् । उनी अझै तिब्र गतिमा कार चलाउन चाहन्छन् । त्यसैले नै उनलाई पञ्जाव सरकारले पनि यसरी कार चलाउने अनुमति दिएको छ । उनले एक दर्जन भन्दा बढी राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रेकर्ड कायम गरेका छन् ।

यो पनि पढ्नुस्
सामसुङले ल्यायो ५ हजार माइलसम्म कन्ट्रोल गर्न मिल्ने फाइभजी रिमोट कार
भारतमा इन्टरनेट कनेक्टेड एसयूभी लन्च भइरहेका छन् । एसयूभी सेगमेन्टमा एमजी हेक्टर र सब ४ मिटर एसयूभी सेगमेन्टमा हुन्डाई भेन्यु दुबै कनेक्टेड कार हुन् । यी गाडीमा ५जी ई–सिम बेस्ड टेक्नोलोजी समावेश गरिएको छ ।

हालै सामसुङले ५जी रिमोट कार सार्वजनिक गरेको छ । सो कारलाई ५ हजार माइलको दुरीबाट पनि रिमोटको मद्दतले कन्ट्रोल गर्न सकिन्छ ।

सामसुङले गुडवुड फेस्टिभल अफ स्पिडमा विश्वको पहिलो रिमोट कन्ट्रोल ५जी कार सार्वजनिक गरेको थियो । जसलाई भोडाफोन र डेजिनेटेड ड्राइभरको मद्दतले तयार पारिएको थियो । सो कारको सहायताले कम्पनीले आउने समयमा ५जी टेक्नोलोजी कतिको पावरफुल हुन्छ भन्ने देखाउन खोजेको छ ।

ड्रिफ्ट च्याम्पियन वन गिटिन जुनियरले ५जीको टेक्नोलोजीमा पहिलो भर्चुअल रियालिटी भएको कार चलाएर इतिहास रचेका छन् । सो कारको नाम ीष्लअयलि ःप्श् हो । जसलाई कुनै पनि स्थानबाट रिमोट कन्ट्रोलले कन्ट्रोल गर्न सकिन्छ । यसलाई चलाउनको लागि डेजिनेटेड ड्राइभर टेलीअपरेशन सिस्टम, नयाँ सामसुङ ग्यालेक्सी एस१० ५जी र सामसुङ भीआर हेडसेटको साथै भोडाफोन ५जी नेटवर्कको प्रयोग गरिएको थियो ।

डेजिनेटेड ड्राइभरको फ्रन्टमा ६ स्क्रिन जडान गरिएको छ । साथै कारलाई कन्ट्रोल गर्नको लागि स्टेयरिङ ह्वील र प्याडल सिस्टम पनि समावेश गरिएको छ । सो कारको परीक्षण गुडवुड फेस्टिभल भन्दा ५ हजार माइलको दुरीबाट गरिएको थियो । कारलाई रिमोट कन्ट्रोल गर्न लिटेन्सी रेन्ज १०० मिलिसेकेन्ड रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?