बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली

सारांश

  • काठमाडौँ, २४ वैशाख ।
  •   बाल यौन दूराचारको आरोपमा पक्राउ परेका संयुक्त राष्ट्र संघका पूर्व उच्च अधिकारी क्यानेडियन पिटर डालग्लिसलाई जेल चलान भएका छन्।
  • थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले डालग्लिसलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

काठमाडौँ, २४ वैशाख ।  बाल यौन दूराचारको आरोपमा पक्राउ परेका संयुक्त राष्ट्र संघका पूर्व उच्च अधिकारी क्यानेडियन पिटर डालग्लिसलाई जेल चलान भएका छन्।

थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले डालग्लिसलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।नेपाल प्रहरीको केन्द्रिय अनुुसन्धान ब्यूरो–सीआईबीले डालग्लिसलाई काठमाडौं–काभ्रेको सिमानामा पर्ने मन्डन देउपुरबाट पक्राउ गरेको थियो।

पछिल्लो पटक गत महिना नेपाल आईपुगेका डालग्लिसबारे विदेशबाटै सुचना आएका कारण उनीमाथी अनुसन्धान थालिएको थियो।

सीआईबीले मात्र पछिल्लो १८ महिनामा बाल यौन दुराचारको आरोपमा ६ जना विदेशी र एक जना नेपाली पक्राउ गरेको छ। पक्राउ परेका विदेशीमध्ये चार जना ६० वर्षभन्दा बढी उमेरका छन्।

काे हुन पूर्व युएन अधिकारी डालग्लिस?

सन् १९८० को दशकमा युद्धग्रस्त इथोपियामा चेपुवामा परेका मानिसलाई हवाई जहाजमार्फत खाद्यान्न र औषधी पुर्‍याए। विश्व विधालयबाट भर्खरैमात्र कानुनमा ग्राजुएट भएका यी विद्यार्थीलाई इथोपियाको चित्रले कानुन छाडेर गरिब बालबालिकाको क्षेत्रमा काम गर्न उत्साहित बनायो र सोही क्षेत्रमा लाग्ने संकल्प गरे।

उनले सुडानमा गरिब र पिछडिएका बालबालिकालाई सिप शिकाएर स्ववालम्बी बन्ने स्कुल खोले। यही कार्यक्रमका कारण सडक र गरिब बालबालिका मात्र होइन, चोरदेखी पाकेटमार सबै सिपयुक्त भए।

यो कार्यक्रम सफल भएपछि स्वदेश फर्किएर उनले स्ट्रिट किड्स इन्टरनेशनल खोले। बालबालिकाको क्षेत्रमा चर्चित यो संस्थाको उदेश्य थियो– गरिब बालबालिका, सडक बालबालिका र द्धन्द्धपिडित बालबालिकालाई सिप सिकाएर स्ववालम्बी बनाउने। यो संस्थाले क्यानेडियन पिटर डालग्लिसलाई विश्वभर चर्चित बनायो। विश्वका ठुला संस्थाहरु उनलाई आबद्ध गर्न अग्रसर देखिए।
सन् २००२ मा संयुक्त राष्ट्र संघले नेपालमा बाल श्रमिक कार्यक्रमका लागि प्रमुख प्राविधिक सल्लाहकार नियुक्त गर्‍यो। केही समयमा उनी दक्षिण एसिया बालबालिका कोषका कार्यकारी निर्देशक घोषित भए। त्यसयता उनी यूएन ह्याबिट्याटको अफगानिस्तानका लागि प्रतिनिधी भएर काम गरे। पछिल्लो केही समययता उनी विश्व स्वास्थ्य संगठनको इबोला प्रकोप सम्बन्धी सिनियर अर्बान एडभाइजर छन्।

६० वर्षिय डालग्लिसले तीनवटा मानार्थ विद्यावारिधी उपाधि पाएका छन्। क्यानडाको सर्बोच्च सम्मानसहित थुप्रै सम्मान उनको नाममा छ। बालबालिकाको क्षेत्रमा पु¥याएको योगदानकै कारण उनले यी सब पाएका हुन्। उनले पछिल्लो दुई वर्षयता नेपालमा गरिब तथा विपन्न बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था हिमालयन कम्युनिटी फाउन्डेसन सन्चालन गर्दै आएका छन्।
तर उनै डालग्लिस बाल यौन दुराचार गरेको आरोपमा नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रिय अनुुसन्धान ब्युरो–सीआईबीले डालग्लिसलाई काठमाडौं–काभ्रेको सिमानामा पर्ने मन्डन देउपुरबाट पक्राउ गरेको हो।

पछिल्लो पटक दुई साता अघि नेपाल आईपुगेका डालग्लिसबारे विदेशबाटै सुचना आएका कारण उनीमाथी अनुसन्धान थालिएको सीआईबी प्रमुख पुस्कर कार्कीले जानकारी दिए।
‘विकिपिडियामा सर्च गर्दा थाहा हुन्छ, उनी कस्तो प्रोफाइलका मान्छे हुन् भनेर । तर हामीलाई आएको सुचनाका आधारमा अनुसन्धान गर्दै जाँदा दुई बालकसहित उनलाई फेला पार्‍यो’, डीआईजी कार्कीले भनें। प्रहरीका अनुसार उनी अन्तिम पटक चार महिना अघि नेपाल आएका थिए।
‘डालग्लिस नियमितरुपमा नेपाल आएको देखिन्छ। सन् २००२ मा नेपालमा जागिर सुरु गरेपछि उनी वर्षमा एक दुई पटक नेपाल आउने गरेको बुझिएको छ’, अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन्।

सीआईबीले मात्र पछिल्लो १८ महिनामा बाल यौन दुराचारको आरोपमा ६ जना विदेशी र एक जना नेपाली पक्राउ गरेको छ। पक्राउ परेका विदेशीमध्ये चार जना ६० वर्षभन्दा बढी उमेरका छन्।
प्रहरी अनुसन्धानमा पक्राउ परेका विदेशीहरु बाल यौन दुराचारकै लागि हरेक वर्ष कम्तिमा एक पटक नेपाल आउने गरेको देखिएको छ।

नेपालमा बालबालिकालाई फकाउन पनि सजिलो हुने र अन्य देशमा जस्तो कानुन पनि बलियो नभएका कारण विदेशीका लागि नेपाल आकर्षण बनेको प्रहरी अधिकारी बताउँछन्। सीआईबीले गरेको अप्रेसनमा काठमाडौं उपत्यकाबाहिर रंगेहात बाल यौन दुराचारी पक्राउ परेको यो पहिलो पटक हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?