वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १८, २०७३
|
|
२३९ पटक हेरिएको
Shares
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् ।
  • साथै उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता र समावेशीता उल्टाउन चाहेको आरोप पनि लगाए ।
  • सोमबार राजधानीमा वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, देशमा अहिले दक्षिणपन्थी हावा चलेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता र समावेशीता उल्टाउन चाहेको आरोप पनि लगाए ।

सोमबार राजधानीमा वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, देशमा अहिले दक्षिणपन्थी हावा चलेको छ । यसको नाममा ७० वर्षको क्रान्ति र त्यसका उपलब्धिहरुलाई उल्टाउने प्रयास भइरहेको छ ।’

आफूलाई क्रान्तिकारी भन्ने र झण्डा र चुनाव चिन्ह पनि त्यस्तै भएका दलहरुले नै देशमा दक्षिणपन्थी हावा चलाउन खोजेको उनको भनाइ थियो ।

एक समय वाईसीएल जाली फटाहका लागि आतंक र जनताका लागि भरोसाको संगठन भएको भन्दै उनले निद्राबाट ब्यूँझन कार्यकर्तालाई आग्रह गरेका छन् ।

सुरुमा गैरफौजी रहेपनि सेना समायोजन प्रक्रियापछि यसमा फैजी तालिम भएकाहरु समेत आवद्ध भएको भन्दै उनले यस्तो संगठन विरलै बन्ने बताए । पछिल्लो समय उनीहरु तितरवितर हुँदा पार्टी समते कमजोर भएको भन्दै उनले वाईसीएल कार्यकर्तालार्इ भने, तपाईहरु निद्राबाट ब्यूँझनुस् । दक्षिणपन्थविरुद्ध उभिनुस् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
भारतको बम्पर ओपनिङपछि सलमान र आलियाको नयाँ फिल्मको मिति घोषणा
भारतको बम्पर ओपनिङपछि सलमान र आलियाको नयाँ फिल्मको मिति घोषणा
सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लाई फिर्ता बोलायो
सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लाई फिर्ता बोलायो
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान
आमाको कोखमा नै गायब नौ महिनाको बच्चा
आमाको कोखमा नै गायब नौ महिनाको बच्चा
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?
झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)
झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?