सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २८, २०७७
|
|
४७ पटक हेरिएको
Shares
सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहले पार्टीको नाम र सुर्य चिन्ह नपाए आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिएका छन् ।
  • आज पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
  • ‘नेकपा र सुर्य चिन्ह हाम्रो हो,’ प्रचण्डले भने,‘चिन्क र नाम नपाए आँधीवेहरी आउँछ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहले पार्टीको नाम र सुर्य चिन्ह नपाए आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिएका छन् । आज पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘नेकपा र सुर्य चिन्ह हाम्रो हो,’ प्रचण्डले भने,‘चिन्क र नाम नपाए आँधीवेहरी आउँछ ।’ उनले पार्टीमा आफूहरु नै आधिकारिक भएको दाबी समेत गरे । ओलीमाथि जालझेलको आरोप लगाउँदै उनले फेरि त्यस्तै हुनसक्ने आशंका गरे । पार्टीको नाम र सुर्य चिन्हमा समेत यताउता गर्ने खेल भइरहेको भन्दै त्यसबाट गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिए ।

ओलीको पटक पटक आलोचना गरेका प्रचण्डले जनयुद्ध सम्बन्धी उल्लेख गरिएको राजनीतिक प्रतिवेदन सम्झन भने । ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ती जनाउँदै ओलीले नै जनयुद्ध लेखिएको प्रतिवेदनमा हस्ताक्षर गरेको स्मरण गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?