देउवाद्धारा दोस्रो पटक मन्त्रिमण्डल विस्तार : १९ मन्त्री थपिए (सूची)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
३७ पटक हेरिएको
Shares
देउवाद्धारा दोस्रो पटक मन्त्रिमण्डल विस्तार : १९ मन्त्री थपिए (सूची)

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले ५० दिनपछि दोस्रोपटक नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
  • बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ५० दिनपछि दोस्रोपटक नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् ।

बुधबार दिउँसो साँढे चार बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ ग्रहण भएको हो । नवनियुक्ती मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवाले सपथ गराएका हुन् ।

सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री भएका छन् । यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ ।

देउवाले दोस्रो पटक १९ जनालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्दा जम्मा ३ जना मात्रै महिला मन्त्री भएका छन् । मन्त्री हुने महिलाहरुमा क्रमशः अम्बिका बस्नेत, आशा खनाल कोइराला र मिथिला चौधरी रहेका छन् । बस्नेत कांग्रेसबाट, कोइराला माओवादी केन्द्रबाट र चौधरी नेकपा संयुक्तबाट मन्त्री भएका हुन् ।

नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव, रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी र मीन विश्वकर्मा छन् ।

बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवले खानेपानी र विश्वकर्माले वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । यादवले कृषि, थापाले कानुन, गौतमले सिचाई र केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सपथ ग्रहण कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्तीमगर र शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

माओवादीका ६ मन्त्री थपिए

सत्ता साझेदार माओवादीबाट ६ मन्त्री थपिएका छन् । गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री भएका छन् भने टेकबहादुर बस्नेत सामान्य प्रशासन, महेन्द्रबहादुर शाही उर्जा, शिवकुमार मण्डल आपूर्तिमन्त्री भएका छन् । यस्तै आशा कोइराला महिला बालबालिका तथा समाज कल्याण र सन्तकुमार चौधरी पशुपक्षी मन्त्री भएका छन् ।

९ वटा मन्त्रालय पाएको माओवादी केन्द्रबाट कृष्णबहादुर महारा उपप्रधान तथा परराष्ट्र, जनार्दन शर्मा प्रभाकर गृह र प्रभु साह सहरी विकासमन्त्री भइसकेका छन् ।

साना दलबाट तीन मन्त्री थपिए

बुधबारको विस्तारमा फोरम लोकतान्त्रिकबाट दुई र नेकपा संयुक्तबाट एक मन्त्री थपिएका छन् । फोरम लोकतान्त्रिकबाट जितेन्द्रनारायण देव नागरिक उड्डयन तथा पर्यटन र गोपाल दहिल भूमिसुधारमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार यसअघि नै उपप्रधान तथा स्थानीय विकासमन्त्री भइसकेका छन् ।

नेकपा संयुक्तबाट मिथिला यादव मन्त्री भएका छिन् । उनले वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मस्र्याङ्दी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा
मस्र्याङ्दी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा
आज थप ८ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ३७९ पुग्यो
नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे
नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे
प्रधानमन्त्री आफैले दार्‍ही काट्नु भएको छ : सुर्य थापा
प्रधानमन्त्री आफैले दार्‍ही काट्नु भएको छ : सुर्य थापा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
तनहुँमा रामचन्द्र पौडेल करिब १३ सय मतले पछि परे
तनहुँमा रामचन्द्र पौडेल करिब १३ सय मतले पछि परे
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै
नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै
निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह
निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह
कोत तथा दसैंघरमा फूलपाती भित्र्याइयो
कोत तथा दसैंघरमा फूलपाती भित्र्याइयो

तपाईंले छुटाउनुभयो कि?