बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १०, २०७९
|
|
२१ पटक हेरिएको
Shares
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने

सारांश

  • काठमाडौँ ।
  • बागमती प्रदेशसभा सदस्य (सांसद)को शपथग्रहण बिहीबार हुने भएको छ ।
  • प्रदेशसभा सचिवालय हेटौँडामा बिहीबार दिउँसो २ः०० बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य (सांसद)को शपथग्रहण बिहीबार हुने भएको छ ।प्रदेशसभा सचिवालय हेटौँडामा बिहीबार दिउँसो २ः०० बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । त्यसअघि बुधवार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनुहुने छ ।

प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ । सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन भनेको छ ।

त्यस्तै, प्रदेशसभाका सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी तीन दिन अघि नै उपलब्ध गराउन भनिएको छ ।बागमती प्रदेशसभामा १०९ सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance Sign Up

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    binance тркелу

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?