भतिजको नामबाट भोट हाल्न खोज्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
भतिजको नामबाट भोट हाल्न खोज्ने   पक्राउ

सारांश

  • विराटनगर महानगरपालिका-३ स्थित कन्या क्याम्पसबाट एकजना नक्कली मतदाता पक्राउ परेका छन् ।
  • आफना भतिजको नामबाट भोट हाल्न आएका २९ वर्षीय पुरुषोत्तम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
  • उनले दुर्गा आचार्यको नामबाट भोट हाल्न खोजेका थिए ।

विराटनगर महानगरपालिका-३ स्थित कन्या क्याम्पसबाट एकजना नक्कली मतदाता पक्राउ परेका छन् । आफना भतिजको नामबाट भोट हाल्न आएका २९ वर्षीय पुरुषोत्तम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले दुर्गा आचार्यको नामबाट भोट हाल्न खोजेका थिए । सोही ठाउँका नागरिकता नम्बर ०५१०६६८१४५ र मतदाता नम्बर १५०४९४१४ क्रम संख्या ३०९६ को दुर्गा आचार्यको नाममा उनी भोट हाल्न आएका थिए ।

उनलाई निर्वाचनमा खटिएको निर्वाचन टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएको हो । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको प्रहरी प्रमुख सन्दिप भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?