आइस क्रिममा कोरोना भाइरस पत्ता लाग्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ४, २०७७
|
|
२१ पटक हेरिएको
Shares
आइस क्रिममा कोरोना भाइरस पत्ता लाग्यो

सारांश

  • कोरोना भाइरस आइस क्रिममा देखिएको विज्ञहरुले दाबी गरेको छ ।
  • पूर्वी चीनको बजारको आइसक्रिममा कोरोना भाइरस देखिएको विषयलाई चिनियाँ सरकाले जनाएको हो ।
  • बेइजिङ कोरोना भाइरसको नयाँ स्वरुप फेला परेपछि लकडाउन गरिएको थियो ।

कोरोना भाइरस आइस क्रिममा देखिएको विज्ञहरुले दाबी गरेको छ । पूर्वी चीनको बजारको आइसक्रिममा कोरोना भाइरस देखिएको विषयलाई चिनियाँ सरकाले जनाएको हो । बेइजिङ कोरोना भाइरसको नयाँ स्वरुप फेला परेपछि लकडाउन गरिएको थियो । सोही बेला मानिसहरुको जाँच गर्ने क्रममा नजिकै रहेको प्रान्त टियाङजिनको एक फूड कम्पनीको आइस क्रिममा कोरोना भाइरस देखिएको जनाइएको छ ।

सरकारी निकायको भनाईलाई टाइम्स अफ इन्डियाले उदृत गर्दै लेखेको छ,‘भाइरस आइस क्रिमबाट मानिसमा सरेको कुनै प्रमाण भेटिएको छैन् ।’ आइस क्रिम लगायत अन्य सामाग्रीहरु जुन न्युजील्याण्डबाट आयत हुन्छ जस्तै मिल्क पाउडर, उक्त पाउडर उक्रेनमा प्याकिङ हुने गर्दछ । त्यसमा समेत सरकारी निकायले भाइरस हुन सक्ने आशंका गरेका छन् । सन् २०१९ मा चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस केही आयात भएको माछा र अन्य खाद्यान्नबाट आएको चिनियाँ सरकारी निकायले आशंका व्यक्त गरेको थियो । तत्काल भने सम्पूर्ण खाद्यान्नहरुको तीव्र रुपमा जाँच भइरहेको र उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?