सुनकाण्डमा यसरी फसे डिएसपी राउत
सारांश
- अस्बिन खडका, २२ बैशाख।
- यूएई बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साँढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको समाचारहरू बाहिरिन थालेपछि भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।
- यहि घटना लुकाउन माथिल्लो निकायका प्रहरी उच्च अधिकारी देखि नाम चलेका ब्याक्तिहरू सकृिय रहेको खुल्न आएको थियो ।
अस्बिन खडका, २२ बैशाख। यूएई बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साँढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको समाचारहरू बाहिरिन थालेपछि भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।
यहि घटना लुकाउन माथिल्लो निकायका प्रहरी उच्च अधिकारी देखि नाम चलेका ब्याक्तिहरू सकृिय रहेको खुल्न आएको थियो । यसैको समुहमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउत पनि मुछिन पुगे ।
इटहरी प्रमुखको रुपमा नयाँ डिएसपी सञ्जय कुमार राउतले सुरूवाती दिनहरूमा राम्रैकामहरू गरेर देखाए । होटलहरूमा छापा , नियमित रात्री गस्ति , गुण्डागर्दिमा नियन्त्रण लगायत अन्य सामाजिक कार्यमा पनि उतिकै सकृिय भएर लागे । इटहरी उपमहानगरवासीको मनमा बस्नै लाग्दा उनै डिएसपी राउत एकाएक प्रहरीको नियन्त्रणमा रहेको खबर बाहिरिएपछि अहिले प्रहरी प्रति नगरवासीहरू रूस्ट देखिएका छन ।
माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन प्रकरण र उर्लाबारीका शनम शाक्य प्रकरणले इटहरीका डिएसपी राउतलाई बिवादमा ल्यायो ।
भित्रैदेखि तस्करिको जालोलाई सेवा दिदै आएको कुरा त्यतिबेला खुल्यो जुन बेला सनम हत्या प्रकरणको अनुशन्धानले नयाँ मोड लियो । साढे ३३ किलो तस्करीको सुन र भरीया सनम शाक्यको हत्याको अनुशन्धान सुरू भएदेखि नै फरार रहेका इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्ज्य कुमार राउतले सुन तस्करी संग दुर्इ पटक गरेर १५ लाख बढी रकम लिएको खुलासा हुन पुगेपछि उनि पनि अनुसन्धान को घेरामा पुगे ।
उनले पटक पटक ३ लाख र १२ लाख गरी १५ लाख र बिच बिचमा पनि अन्य रकम लिएको खुलेको हो । यति मात्र नभइ उनले तस्करीकै बेला पनि गिरोह संग मिलेर सेटिङ मिलाइदिने काम गरेको अनुशन्धानबाट खुलेको छ ।
अनुशन्धानकै क्रममा कल डिटेल र सम्पुर्ण बिवरणहरू डिएसपी बिरूद्ध देखिए फलस्वरूप उनि सजिलै फस्ने सम्भावना भएपछि फरार रहेका थिए हाल उनि पनि जिल्ला अदालतको प्रांगणमा बयान दिने काम गरिरहेका छन ।
Gb Chettri
जोजैसा क्रम करेगा इन्शान वेसाही फल देगा भगवान यह है गिताका ग्यान। गाजा रोपेर अङ्गुर फल फल्दैन हाक्कीम जि कुकर्म्को फल भोग्नै पर्छ।