पोखरा विमानस्थल चलाउन डाँडै काट्नु पर्ने, खर्च कति लाग्ला ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७८
|
|
४३ पटक हेरिएको
Shares
पोखरा विमानस्थल चलाउन डाँडै काट्नु पर्ने, खर्च कति लाग्ला ?

सारांश

  • राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थको उडान तथा अवतरणमा अवरोध पर्ने देखिएपछि रिठ्ठेपानी डाँडासँगै वन कटान गर्नुपर्ने भएको छ ।
  • अन्तराष्ट्रिय स्तरका जहाज उडान तथा अवतरणका लागि आवश्यक पर्ने भौगोलिक वनावटमा उक्त डाँडाले अवरोध गर्ने भएपछि एक समिति बनाएर छानविन गरिएको थियो ।
  • छानविन समितिले दिएको प्रतिवेदन अनुसार पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि आवश्यक भौतिक पूर्वाधारसंगै रिठ्ठेपानी डाँडा पनि कटान गर्नुपर्ने उल्लेख छ ।

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थको उडान तथा अवतरणमा अवरोध पर्ने देखिएपछि रिठ्ठेपानी डाँडासँगै वन कटान गर्नुपर्ने भएको छ । अन्तराष्ट्रिय स्तरका जहाज उडान तथा अवतरणका लागि आवश्यक पर्ने भौगोलिक वनावटमा उक्त डाँडाले अवरोध गर्ने भएपछि एक समिति बनाएर छानविन गरिएको थियो ।

छानविन समितिले दिएको प्रतिवेदन अनुसार पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि आवश्यक भौतिक पूर्वाधारसंगै रिठ्ठेपानी डाँडा पनि कटान गर्नुपर्ने उल्लेख छ । वन तथा वातावरण मन्त्रालयले गरेको अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उक्त डाँडाको २.१७६ हेक्टर वनलाई आवश्यकता अनुसार १२ मिटर देखि ४० मिटरसम्म कटान गर्नुपर्ने देखिएको छ ।

यसैगरी यस क्षेत्रमा रहेका ६ सय वटा रुखहरु हटाउनुपर्ने पनि प्रतिवेदनमा सुझाव दिइएको छ । प्रतिवेदनका अनुसार विमानस्थल निर्माण सम्पन्न भएपनि डाँडा १४ मिटर नकाट्दासम्म क्यालिब्रेसन उडान नहुने भएको छ । उक्त डाँडा विमानस्थलको पूर्वी सीमाबाट करिब १.३५ किलोमिटरको रदूरीमा हेको छ । वन तथा वातावरण मन्त्रालयले ७ दिनको समय दिँदै राय सुझावका लागि तयार भएको रिपोर्ट सार्वजनिक गरेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पहिलो पटक २०७१ फागनु २६ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो ।

डाँडा कटानमा खर्च कति ?
रिठ्ठेपानी डाँडा कटानका लागि १ करोड ५३ लाख खर्च लाग्ने वन तथा वतावरण मन्त्रालयले जनाएको छ । यो डाँडा कटानीबाट वातावरणमा पर्ने असर न्यूनीकरणमा खर्च हुने रकम हो । डाँडा कटानीमा लाग्ने रकम पनि यसमा समावेश गरिएको छ ।

प्रतिवेदन अनुसार ६ सय वटा रुख कटानी गरी १० प्रतिशत वृक्षारोपण तथा ५ वर्षसम्मको हेरचाहका लागि ६९ लाख ४८ हजार रुपैयाँ लाग्नेछ ।

यस्तै धुलो उड्ने क्षेत्रमा पानी छर्कनेका लागि ९० हजार, सुरक्षा र सचेतना कार्यक्रमका लागि एक लाख ५० हजार, पूर्वाधार विकास तथा सुधार गर्न दुई लाख २५ हजार र अन्य खर्चका लागि नौ लाख ६८ हजार आठ सय रुपैयाँ लागत लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी वातावरणीय अनुगमनका लागि आवश्यक विज्ञहरुको लागत, विभिन्न सूचकहरुको मापनको लागत, रिर्पोट तयारी लगायत अन्य अनुगमन कार्यहरुको लागि ३३ लाख ३३ लाख ३७ हजार रुपैयाँ हुने अनुमान गरिएको छ । प्रतिवेदन अनुसार सबै शीर्षकमा १ करोड ५३ लाख २ हजार ८ सय रुपैयाँ खर्च हुने देखिन्छ ।

विमानस्थलको काम २०२१ जुलाईभित्रै सम्पन्न गरिने लक्ष्य भएपनि कोरोना महामारीका कारण पुरा हुन सकेको थिएन । विमानस्थलको काम अहिले धमाधम भइरहेको छ ।

हालसम्म विमानस्थलको काम ९३ प्रतिशत भन्दा बढि सकिएको विमानस्थल आयोजनाले जनाएको छ । अहिले समय थप गरेर विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने अवधि २०२२ को जुलाईसम्म पु¥याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

What is the value of A Mailbox Order Partner? All About Snail mail Order Brides Pricing
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
सात दिनमा रु तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो
सात दिनमा रु तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो
मञ्चमा भाषण गर्दा गर्दै राजपा उपाध्यक्षको निधन
मञ्चमा भाषण गर्दा गर्दै राजपा उपाध्यक्षको निधन
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग  बिस्तृत भिडियो अन्र्तवार्ता ।
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग बिस्तृत भिडियो अन्र्तवार्ता ।
ऋणको भार नेपाललाई, पैसाजति भारतमै
ऋणको भार नेपाललाई, पैसाजति भारतमै
महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छैन : पाण्डे
कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छैन : पाण्डे