तोलामा ५०० ले बढ्यो सुनको मूल्य
सारांश
- नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ ।
- तोलामा नै मङ्गलबार १ हजार ७ सयले घटेको सुनको मूल्य आज भने ५०० बढेको हो ।
- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।
नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार १ हजार ७ सयले घटेको सुनको मूल्य आज भने ५०० बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ ।
यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ । चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ । रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया