ओली र प्रचण्डबीचबिच समझदारी भइसकेको छ : उपाध्यक्ष ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
ओली र प्रचण्डबीचबिच समझदारी भइसकेको छ : उपाध्यक्ष ज्ञवाली

सारांश

  • काठमाडौं, पुस १७ ।
  •   नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले र माओवादीबिचको पार्टी एकताका लागि घनिभूत रुपमा छलफल भइरहेको बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबिच छलफल भइरहेको बताएका हुन् ।

काठमाडौं, पुस १७ ।  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले र माओवादीबिचको पार्टी एकताका लागि घनिभूत रुपमा छलफल भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबिच छलफल भइरहेको बताएका हुन् ।

नेताहरुको व्यवस्थापन र माओावद, जनताको बहुदलीय जनवाद जस्ता महत्वपूर्ण विषयमा ओली र प्रचण्डबिच छलफल भइरहेको उनको भनाई थियो ।

“दुईवटा पार्टी अध्यक्षहरुको बिचमा घनिभूत रुपमा कुनै न कुनै कुरा भएको छ । उहाँहरुले डिस्क्लोज नगरेको हुन सक्छ ।” ज्ञवालीले भने । “ओली र प्रचण्डकोबिचमा कुरा नमिलिकन वा समझदारी नभै हावाको भरमा पार्टी एकता गर्छु भन्नुभएको होइन होला ।”

अध्यक्षद्धय बाहेक पनि संयोजन समिति अनौपचारिक छलफलमा व्यस्त रहेको ज्ञवालीले बताए ।
एमाले स्थायी समिति र माओवादीका पनि विभिन्न कमिटीमा छलफल भएपछि पार्टी एकतावद्ध भएर जाने ज्ञवालीले बताए । “पार्टी एकता कुनै पनि हालतमा हुन्छ । नगरी हुँदैन ।”

चुनावमा जाँदा नै पार्टी एकताको मोडलअनुसार ६०/४० को तालमेल गरेर गएको भन्दै ज्ञवालीले त्यसबेला पनि चुनौति भएको तर सफल भएको उदाहरण दिदै ज्ञवालीले जनताले स्विकार गरेकाले नै अब पार्टी एकता भएरै छाड्ने दाबी गरे ।

“जनताको अभिमतका आधारमा पनि पार्टी एकता गरेरै छाड्नुपर्छ । छिटै गर्नुपर्छ ।” ज्ञवालीले भने । “छापामार युद्ध गरिरहेको माओवादी शान्ति प्रक्रियामा आउने कुरा पनि त्यसबेला असम्भव ठानिएको थियो । अहिले पनि पार्टी एकता असम्भव ठान्नेहरु धेरै छन् । तर हामी सम्भव बनाएरै छाड्छौँ ।”

जनताको बहुदलीय जनवाद वा माओवाद जस्ता सिद्धान्तले पार्टी एकता नरोकिने ज्ञवालील स्पष्ट पारेका छन् ।
एकताका लागि नेतृत्व र सैद्धान्तिक रुपमा समस्या हुन्छ भन्ने जान्दा जान्दै पनि घोषणा गरेर अघि बढिएकाले त्यस्ता समस्या समाधानका उपाय निस्कने उनले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jirel Tika

    भ्रष्टाचार र अपराध लुकाउन पनि एकता जरुरी छ ?!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठकको तयारी तीब्र, के गर्छ यसले ?
कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठकको तयारी तीब्र, के गर्छ यसले ?
नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज, नयाँ मर्यादाक्रम यस्ताे हुनेछ
नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज, नयाँ मर्यादाक्रम यस्ताे हुनेछ
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल
निर्मला हत्या प्रकरण: एसपी विष्टले यसरि पिटेका रहेछन् !
निर्मला हत्या प्रकरण: एसपी विष्टले यसरि पिटेका रहेछन् !
साउदी अरबमा शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस
साउदी अरबमा शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस
संविधानबाट निकास र अदालतबाट न्यायमा विश्वास टुट्नु खतरा : कमल थापा
संविधानबाट निकास र अदालतबाट न्यायमा विश्वास टुट्नु खतरा : कमल थापा
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
वैशाख १७ गते मंगलबारको राशीफल कस्तो छ ? थाहा पाउनुस्
रुख कटान शुरु
रुख कटान शुरु
भरतपुरमा  अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
भरतपुरमा अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !

तपाईंले छुटाउनुभयो कि?