प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग

सारांश

  • काठमाडौं ।
  • जाडोको सिजन सुरु भएसँगै पाँच जना राउटेको एक समूह गत बिहीबार प्रधानमन्त्रीको सचिवालय पुगे ।
  • सुर्खेतबाट आएका त्यही समूहमा उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनका मित दिपक शाही पनि रहेका थिए ।

काठमाडौं । जाडोको सिजन सुरु भएसँगै पाँच जना राउटेको एक समूह गत बिहीबार प्रधानमन्त्रीको सचिवालय पुगे । सुर्खेतबाट आएका त्यही समूहमा उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनका मित दिपक शाही पनि रहेका थिए ।

आफूहरुको खानेकुरा सकिएको र जाडो मौसमको सुरुवात भएसँगै आफूहरुलाई समस्या भएकोले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अन्य पार्टीका शीर्ष नेताहरुसँग भेटेर सहयोग माग्ने र कठ्याङ्ग्रीदो जाडोबाट बच्नको लागि उनीहरु कम्मल, सिरक लगायतका सामाग्री लिन आएका थिए ।

तर राउटेको समूहलाई प्रधानमन्त्री देउवाले भेट्न मानेनन् । राउटे समूहले प्रधानमन्त्री देउवाको सचिवालयमा फोन गरेर भेट्ने समय उपलब्ध गराइदिन आग्रह गरेको तर बिहीवार देउवा धनगढी जान लागेको भन्दै टारेको भन्दै उनीहरूले दुखेसो पोखे ।

प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्तिप्रति निराश बनेका उनीहरुले उपराष्ट्रपतिका छोरा दिपेश पुन र पर्यटन व्यवसायी टासी लाक्पा शेर्पालाई फोन गरे । पुन र शेर्पाले फोनमार्फत नै उनीहरुको समस्या बुझे र शुक्रबार भेट्ने प्रतिबद्वता जाहेर गरे ।

शुक्रबार बेलुका राउटेहरुलाई भेटेर पुन र शेर्पाले उनीहरुलाई ८० वटा कम्बल सहयोग गरे । एउटा घरमा २ वटा गरी ४० परिवारलाई शेर्पा र पुनले कम्बल सहयोग गरेका हुन् । राउटेहरुको आउने जाने खर्च समेत हेरिदिएको टासी लाक्पा शेर्पाले बताए ।

केही समय अघि आगोले पोलेर घाइते भएका राउटेको राजाको छोरा कपिललाई पुन र शेर्पाले काठमाडौं ल्याई वीर अस्पतालमा उपचार गराएर नयाँ जीवन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा होली विशेष सुरक्षा योजना, मापसे चेकिङमा कडाई
उपत्यकामा होली विशेष सुरक्षा योजना, मापसे चेकिङमा कडाई
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
विराटनगर महानगरपालिका मा पड्किएको कुकर बम नै हो:मेयर पराजुली
विराटनगर महानगरपालिका मा पड्किएको कुकर बम नै हो:मेयर पराजुली
जेरी’ फिल्मले चिनाएको ढुम्बा ताल !
जेरी’ फिल्मले चिनाएको ढुम्बा ताल !
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै
प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?