कांग्रेस बैठक अझै सुरु भएन, देउवा र पौडेल समूह छुट्टाछुट्टै छलफलमा
सारांश
- मुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै सुरु भएको छैन् ।
- दिउँसो २ बजेको लागि बोलाईएको बैठक ढिलाई हुनुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आ–आफ्नो समूहको छलफलमा छन् ।
- नेताहरूको आन्तरिक छलफल नटुङ्गिएपछि बैठक सुरु हुन नसकेको हो ।
मुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै सुरु भएको छैन् । दिउँसो २ बजेको लागि बोलाईएको बैठक ढिलाई हुनुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आ–आफ्नो समूहको छलफलमा छन् । नेताहरूको आन्तरिक छलफल नटुङ्गिएपछि बैठक सुरु हुन नसकेको हो ।
१४औं महाधिवेशनको कार्यतालिका हेरफर र नयाँ सरकारका लागि सत्ता समीरकण विषय आजको बैठकको मुख्य एजेण्डा छन् । नेता पौडेल पक्षले आजको बैठकमा सरकारको नेतृत्व लिनेगरि पार्टीले निर्णय गर्नुपर्ने पनि प्रस्ताव गरेको छ । यदि सभापति देउवा प्रधानमन्त्री बन्न तयार नहुने हो भने पार्टीभित्रैबाट अर्को उम्मेद्धवार बनाउनुपर्ने पनि उनको प्रस्ताव छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया