कांग्रेस बैठक अझै सुरु भएन, देउवा र पौडेल समूह छुट्टाछुट्टै छलफलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २०, २०७७
|
|
१८ पटक हेरिएको
Shares
कांग्रेस बैठक अझै सुरु भएन, देउवा र पौडेल समूह छुट्टाछुट्टै छलफलमा

सारांश

  • मुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै सुरु भएको छैन् ।
  • दिउँसो २ बजेको लागि बोलाईएको बैठक ढिलाई हुनुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आ–आफ्नो समूहको छलफलमा छन् ।
  •   नेताहरूको आन्तरिक छलफल नटुङ्गिएपछि बैठक सुरु हुन नसकेको हो ।

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै सुरु भएको छैन् । दिउँसो २ बजेको लागि बोलाईएको बैठक ढिलाई हुनुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आ–आफ्नो समूहको छलफलमा छन् ।  नेताहरूको आन्तरिक छलफल नटुङ्गिएपछि बैठक सुरु हुन नसकेको हो ।

१४औं महाधिवेशनको कार्यतालिका हेरफर र नयाँ सरकारका लागि सत्ता समीरकण विषय आजको बैठकको मुख्य एजेण्डा छन् । नेता पौडेल पक्षले आजको बैठकमा सरकारको नेतृत्व लिनेगरि पार्टीले निर्णय गर्नुपर्ने पनि प्रस्ताव गरेको छ । यदि सभापति देउवा प्रधानमन्त्री बन्न तयार नहुने हो भने पार्टीभित्रैबाट अर्को उम्मेद्धवार बनाउनुपर्ने पनि उनको प्रस्ताव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?