सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
२४ पटक हेरिएको
Shares
सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित

सारांश

  • म्याग्दी ।
  • म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ ।
  • अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पु¥याइएको हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ ।

अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पु¥याइएको हो । सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन् । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाबाट रु २५ लाख र गण्डकी प्रदेश सरकारमार्फत विनियोजित रु १० लाखबाट मलम्पारमा सडकको ट्याक निर्माण गरिएको वडा नं ५ का वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए ।

उनका अनुसार मलम्पार पुगेको सडक विस्तार गरी वडा नं ६ मराङको बुलसम्म जोड्ने तयारी गरिएको छ । सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब साढे एक घण्टाको बाटो २० मिनेटमै छोटिएको छ । करिब एक सय ५० घरधुरीको बसोबास रहेको मलम्परा गाउँवासीलाई दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र सदरमुकाम, वडा कार्यालय तथा र गाउँपालिकाको कार्यालय पुग्न समेत सहज भएको छ ।

सडक पुगेपछि दुर्गम गाउँलाई सडकको पहुँचले सुगम बनाएको स्थानीय देवी छन्त्यालले बताए । ‘पहिले स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिँडेर वडा कार्यालय रहेको मल्कबाङ पुग्नुपथ्र्यो, अहिले बिरामी भएमा गाडीबाट केही मिनेटमै स्वास्थ्य चौकी पु¥याउन सकिने भएको छ, सडक आएसँगै गाउँमा विकासको अनुभूति पनि भएको छ’उनले भने । मल्कबाङको दैडाँडादेखि साढे दुई किलोमिटर लामो सडक निर्माण भएपछि मलम्पार पनि सडक सञ्जालले जोडिएको गाउँपालिकाका सवइञ्जिनीयर जनक धानुकले जानकारी दिए ।

उनका अनुसार मलम्पारदेखि वडा नं ६ को बुलसम्म जोड्न धमाधम खडक निर्माणको काम भइरहेको छ । करिब तीन किलोमिटर दूरीमा अब जम्मा एक किलोमिटर मात्रै सडकको ट्र्याक खन्न बाँकी छ । मलम्पार र बुल सडक सञ्जालले जोडिएमा वडा नं ६ को मराङ–राम्चे–बुल तथा वडा नं ५ को मलम्पार–मल्कबाङहुँदै मराङबेँसी जोड्ने चक्रपथ निर्माण हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री
शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री
खाडी देशले कतारको जवाफ पाए
खाडी देशले कतारको जवाफ पाए
सिंहदरबार पुग्यो सातै प्रदेशमा, सकियो पहिलो वैठक
सिंहदरबार पुग्यो सातै प्रदेशमा, सकियो पहिलो वैठक
नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य
नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद
भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको निधन
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको निधन
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
‘निर्वाचनपछि वाम गठबन्धनको सरकार’
‘निर्वाचनपछि वाम गठबन्धनको सरकार’
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा

तपाईंले छुटाउनुभयो कि?