कोरोना संक्रमित भीआइपीहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १९, २०७८
|
|
३७ पटक हेरिएको
Shares
कोरोना संक्रमित भीआइपीहरु

सारांश

  • देशमा कोरोना भाइरसको दोस्रो लहरले महामारीकै रुप लिइसकेको छ ।
  • दैनिक संक्रमित र मृतकको संख्यामा रेकर्ड नै तोडिएको छ ।
  • संक्रमण भयावह बन्दै जाँदा देशका शक्तिशाली र नाम चलेकाहरु पनि धमाधम संक्रमित हुन थालेका छन् ।

देशमा कोरोना भाइरसको दोस्रो लहरले महामारीकै रुप लिइसकेको छ । दैनिक संक्रमित र मृतकको संख्यामा रेकर्ड नै तोडिएको छ । संक्रमण भयावह बन्दै जाँदा देशका शक्तिशाली र नाम चलेकाहरु पनि धमाधम संक्रमित हुन थालेका छन् ।

कोरोना संक्रमित भएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनी मनमोहन अस्प्तालमा भर्ना भएकोमा आजै नर्भिक अस्पताल लगिएको छ । उनलाई स्वास प्रश्वासको समस्या रहेको र अक्सिजनको सपोर्ट दिइएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा पनि नर्भिक अस्पतालमा उपचाररत छन् । पूर्वरानी कोमलको स्वास्थ्यमा गम्भीर समस्या रहेको बुझिएको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि अक्सिजनको सपोर्ट लिएका छन् ।

लोकप्रीय कलाकार मदनकृष्ण श्रेष्ठ पनि कोरोना संक्रमित छन् । उनको परिवारका सदस्यलाई पनि संक्रमण भएको छ । File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?