एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आग्रह
सारांश
- काठमाडौँ, १९ वैशाख, नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकताको प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पु¥याउन आग्रह गरेको छ ।
- आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा आज सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शीघ्र टुंग्याउन दुवै पार्टीका नेतृत्व तहलाई आग्रह गर्दै गम्भीर ध्यानाकर्षित गरेको छ ।
- बैठकले बजारमा सिर्जना भइरहेको मनपरितन्त्र, बिचौलिया, मुनाफाखोर र सरकारी नियमन निकायको उदासिनाका कारण अत्यावश्यक वस्तुको मूल्यवृद्धि अन्त्य गरी सर्वसुलभ व्यवस्थापनका निम्ति सरकारसँग अनुरोध गरेको छ ।
काठमाडौँ, १९ वैशाख, नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकताको प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पु¥याउन आग्रह गरेको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा आज सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शीघ्र टुंग्याउन दुवै पार्टीका नेतृत्व तहलाई आग्रह गर्दै गम्भीर ध्यानाकर्षित गरेको छ ।
बैठकले बजारमा सिर्जना भइरहेको मनपरितन्त्र, बिचौलिया, मुनाफाखोर र सरकारी नियमन निकायको उदासिनाका कारण अत्यावश्यक वस्तुको मूल्यवृद्धि अन्त्य गरी सर्वसुलभ व्यवस्थापनका निम्ति सरकारसँग अनुरोध गरेको छ ।
साथै बैठकले आयोगका कामकारबाही व्यवस्थित गर्न आठ सदस्यीय सचिवलाय गठन गरेको छ । नवगठित सचिवालयमा अमृतकुमार बोहराल शिवबहादुर देउजा, भरत पहाडी, भोजराज जोशी, शान्ति खनाल, निर्मल सुवेदी, कर्णबहादुर घले र चक्रबहादुर पराजुली रहनुभएको छ ।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?