भरतपुर कारागार सार्न ठाउँ खोजिँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
५० पटक हेरिएको
Shares
भरतपुर कारागार सार्न ठाउँ खोजिँदै

सारांश

  • चितवन, ३१ वैशाख ।
  • जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ ।
  • सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ ।

चितवन, ३१ वैशाख । जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ ।प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको छ । हाल कारागारको क्षमता २८० भए पनि अहिले ७३० कैदीबन्दी छन् ।बस्नेतले चार÷पाँच बिघा जमीन खोजी भइरहेको बताउनुभयो । हाल कारागार रहेको ठाउँमा एक बिघा १३ कठ्ठा जमीन रहेको छ ।भरतपुर महानगरपालिकासँग समन्वय गरेर जग्गाको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो । अस्पताल, अदालत, प्रशासन र सरकारी वकिलको कार्यालय आवतजावत गर्नुपर्ने भएकाले भरतपुरको शहरी क्षेत्रमा नै जग्गाको खोजी भइरहेको उहाँले बताउनुभयो । टाढा कारागार हुँदा खर्चिलो र व्यवस्थापनमा कठिन हुने भएकाले शहरी क्षेत्रमा नै जग्गा खोजी गरिएको उहाँले बताउनुभयो ।

जग्गाको पहिचानपछि कारागार भवन निर्माणका लागि प्रदेश सरकार तयार रहेको भन्दै उहाँले जग्गा खोजीको कामलाई तीव्रता दिइएको बताउनुभयो । चालू आर्थिक वर्षमा जग्गाको पहिचान गरी आउँदा आर्थिक वर्षमा निर्माणको तयारी गरिएको छ । कारागारमा धेरै गैँडासम्बन्धी मुद्दाका कैदीबन्दी छन् भने अन्य जिल्लामा रहेका बिरामी कैदीबन्दीको रोजाइ पनि चितवन हुने हुँदा यो सङ्ख्या बढ्दो छ ।यससँगै पूर्वी नवलपरासीमा जिल्ला अदालत भए पनि कारगार नभएकाले त्यसको दवाब यहाँको कारागारले थेग्नुपरेको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताउनुभयो । यहाँको कारागारमा नवलपरासी ९बर्दघाट सुस्तापूर्व० जिल्ला तथा मकवानपुरबाट समेत कैदीबन्दी ल्याइने गरेको छ ।विसं २०७५ भदौ ३ गते पूर्वी नवलपरासीमा जिल्ला अदालत स्थापना भएपछि त्यहाँबाट यहाँ १५३ कैदीबन्दी ल्याएर राखिएको छ । जिल्लामा कैदीबन्दीको चाप बढी भएपछि यहाँबाट समेत देशका अन्य कारागारमा कैदीबन्दी पठाउने गरिएको काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिमा शाही निर्वाचित
नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिमा शाही निर्वाचित
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘
पहाडी सडक खुलेपछि खाद्यन्न ढुवानी
पहाडी सडक खुलेपछि खाद्यन्न ढुवानी
प्रहरीमा ५५ जना डिएसपीका लागि बढुवा सिफारिस, को को परे नाम सहित
प्रहरीमा ५५ जना डिएसपीका लागि बढुवा सिफारिस, को को परे नाम सहित
राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
भारतीय हिरासतमा रहेका नेपाली युवक रिहा
भारतीय हिरासतमा रहेका नेपाली युवक रिहा
राजधानी फर्कने यात्रु र गाडी र मानिसहरुको चाप बढ्न थाले
राजधानी फर्कने यात्रु र गाडी र मानिसहरुको चाप बढ्न थाले
यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए
यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए